25th April | 2019 | Thursday | 7:30:40 AM

नेपालले टी–२० सिरिज जित्दै बनायो इतिहास, निर्णायक खेलमा यूएई १४ रनले पराजित

हिमालय टाइम्स   POSTED ON : माघ २०, २०७५ (२:१२ PM)

नेपालले टी–२० सिरिज जित्दै बनायो इतिहास, निर्णायक खेलमा यूएई १४ रनले पराजित

काठमाडौं । पहिलो टि–२० शृंखलामा नेपालले यूएईलाई १४ रनले जितेको छ ।

नेपालको क्रिकेट इतिहासमा यो पहिलो टि–२० शृंखला हात पारेको हो ।

आइतबार भएको खेलमा वर्षाले प्रभावित १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको यूएईले १० ओभर खेल्दै ९० रनमात्रै बनाउन सक्यो। 

यूएईका शाइमन अनवरले ३०, घुलम शब्बिरले २५ रन जोडे।यूएईविरुद्धको टि–२० शृंखलाको निर्णायक खेलमा नेपालले घरेलु टोलीलाई १ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको  नेपालका लागि कप्तान पारस खड्काले सर्वा्धिक २९ रन जोडेका थिए । १४ बल खेलेका पारसले ४ चौका र १ छक्का प्रहार गरे। यस्तै सन्दीप जोराले ११ बलमा ३ छक्कासहित २८ रन जोडे ।

विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११, करण केसीले १० रन जोडे। ओपनर पवन सर्राफ शुन्यमै पवेलियन फर्किएका थिए भने दीपेन्द्रसिंह ऐरीले २ रनमात्रै जोड्न सकेका थिए ।

अघिल्लो साता नेपालले युएई विरुद्धको ३ खेलको एकदिवसीय सिरिज २-१ जित्दै इतिहास बनाएको थियो।


Views: 104

सम्बन्धित सामग्री:

नेपालद्वारा मलेशिया पराजित

: बैशाख ११, २०७६ (१२:०२ PM)