18th February | 2019 | Monday | 4:27:52 PM

पिएसजीको पहिलो हार

एजेन्सी   POSTED ON : Tuesday, 05 February, 2019 (12:47:10 PM)

पिएसजीको पहिलो हार

पेरिस । शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रान्सेली लिग वन फुटबलमा पहिलो हार बेहोरेको छ । आइतबार भएको खेलमा लियोनसँग २–१ ले पराजित हँुदै पिएसजीको अपराजित यात्रा टुग्गिएको हो ।

लियोनले पिएसजीमाथि पुनरागमन जित निकालेको थियो । खेलको सातौं मिनेटमा एन्जल डी मारियाले पिएसजीलाई अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा टोलीले पहिलो हार चाख्नुप¥यो । मुसा डेम्बेलेले खेलको ३३ औं मिनेटमा लियोनका लागि बराबरी गोल फर्काएका थिए । दोस्रो हाफको सुरुवातमा नै लियोनले पेनाल्टीमार्फत् निर्णायक गोल ग¥यो । पिएसजीका थियागो सिल्भाले डेम्बेलेलाई डी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा नबिल फेकेरेले निर्णायक गोल गरेका थिए । पराजित भएपनि पिएसजीले शीर्ष स्थानमा १० अंकको अग्रता कायमै राखेको छ । उसको २१ खेलबाट ५६ अंक छ । विजेता लियोन भने तेस्रो स्थानमा छ । उसको ४३ अंक भएको छ । दोस्रो स्थानको लिलीको ४६ अंक रहेको छ ।


Views: 68