18th February | 2019 | Monday | 4:07:24 PM

काठमाडौंको रोमाञ्चक जित

हिमालय टाइम्स   POSTED ON : Tuesday, 12 February, 2019 (12:43:18 PM)

काठमाडौंको रोमाञ्चक जित

धनगढी । साविकको उपविजेता काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको उपाधि उचाल्ने लक्ष्यको सुरुवात रोमाञ्चक जितबाट गरेको छ । फाप्ला क्रिकेट मैदानमा घरेलु टोली धनगढी स्टासर््ले दिएको १ सय ३३ रनको काठमाडौंले अन्तिम बल बाँकी रहँदा पूरा गरेको हो ।
लक्ष्य पछ्याउने क्रममा चौधौं ओभरमा ८९–१ को सहज स्थितिमा रहेको काठमाडौंका चार विकेट त्यसपछिका आफ्ना दुई ओभरमा रोहन मुस्तफाले झारेपछि खेल रोमाञ्चकतातर्फ धकेलिएको थियो ।
पन्ध्रौ ओभरको पहिलो बलमा रोहनले काठमाडौंका सर्वाधिक स्कोरर अंकित दबासलाई र चौथो बलमा अनिलकुमार साहलाई बोल्ड पारे थिए । सोह्रौ ओभरमा रोहनका युएईकै सहकर्मी आमिर हायातले काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल(३)लाई सस्तैमा बोल्ड पारे ।
लगत्तै सत्रौं ओभरमा पुनः बलिङमा आएका रोहनले पहिलो बलमा सोनु तामाङ (२) र अन्तिम बलमा योगेन्द्रसिंह कार्की (२)लाई पवेलियन फर्काएपछि काठमाडौंलाई अन्तिम १८ बलमा २९ रन आवश्यक थियो ।
पवन सर्राफको अठारौं ओभरको चौथो बलमा लेगबाइको रूपमा काठमाडौंले चार रन पाए भने लगत्तै अर्को बलमा विक्रम भुषाले छक्का प्रहार गर्दै सो अन्तिम दुई ओभरमा १७ रन आवश्यकको स्थितिमा पु¥याए ।
सोमपाल कामीको १९औं ओभरको दोस्रो बलमा पुनः विक्रममले छक्का प्रहार गरेपछि अन्तिम ओभरमा काठमाडौंलाई जितका लागि ८ रन आवश्यक बनेको थियो । आमिर हायातले पहिलो चार बलमा चार रनमात्रै दिएपनि पाँचांै बलमा मेहबुब आलामले चौका प्रहार गर्दै काठमाडौंका लागि अन्तिम बल बाँकी रहँदा विजयी रन बटुले ।
विक्रम १४ र मेहबुब १२ रनमा नटआउट रहे । त्यसअघि ओपनर गौरव तमोरले २८, अनिलकुमार साहले २४ र अंकित दबासले २९ रन जोड्दै काठमाडौंलाई जित नजिक पु¥याएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले अमित श्रेष्ठको अर्धशतकीय पारीमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन जोेडेको थियो । ५० बलको सामना गरेका अमितले संहालिएर खेल्दै ५० रनको पार खेल्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए ।
यस्तै, उसका सन्दीप रजालीले २८, सौरभ खनालले २०, पवन सर्राफले १९ रन जोडेका थिए । ओपनर सुनिल धमला(३) र रोहन मुस्तफा(०) भने चल्न सकेनन् ।
पहिलो ओभरको तेस्रो बलमा नै धनगढीले रनआउटका रूपमा रोहन मुस्तफालाई गुमाएपछि क्रिजमा आएका अमितले १९औं ओभरको चौथो बलसम्म एकापट्टीको क्रिज संहालेका थिए । अमितले तेस्रो विकेटका लागि सन्दीप रजालीसँग ५२ तथा चौथो विकेटका लागि पवन सर्राफसँग ४३ रनको साझेदारी गर्दै धनगढीको इनिङ्स अगाडि बढाएका थिए ।
अर्धशतक प्रहार गरेपछि लामो सर्ट प्रहार गर्ने क्रममा उनी नन्दनकुमार यादवबाट बोल्ड भएका थिए । अन्तिममा सौरभ खनालले १० रनमा २५ रनको आक्रामक पारी खेलेपछि धनगढी सो स्कोरमा पुगेको थियो । सौरभले ३ चौका र १ छक्का प्रहार गरे ।
फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएवल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु १५ हजार,म्यान अफ द सिरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।


Views: 31