27th May | 2019 | Monday | 5:08:52 AM

आहा–रारा गोल्डकप : उपाधिका लागि थ्रीस्टार र आर्मी भिड्ने

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १७, २०७५ (६:०९ AM)

आहा–रारा गोल्डकप : उपाधिका लागि थ्रीस्टार र आर्मी भिड्ने

पोखरा । पोखरामा जारी १७औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्ने भएका हुन् । पोखरा रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा क्यामरुनको दाउफिन्स क्लबलाई पराजित गर्दै आर्मीले थ्रीस्टारसँगको भेट पक्का गरेको हो । थ्रीस्टार भने यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । 

वर्षाले रुझेको मैदानमा आर्मीले दाउफिन्सलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । टेकबहादुर बुढाथोकीले आर्मीका लागि एकमात्रै निर्णायक गोल गरेका थिए । उनले खेलको १३ औं मिनेटमा दायाँ विङबाट आएको क्रसलाई टेकले ६ यार्डमा हेडरमार्फत गोल गरेका थिए । यस्तै पहिलो हाफको अन्त्यतिर आर्मीका कप्तान भरत खवासको प्रहारलाई दाउफिन्सका गोलरक्षक प्रिसोले बचाएका थिए । यस्तै ६३औं मिनेटमा नवयुग श्रेष्ठको प्रहार बाहिरिएको थियो । ८५औं मिनेटमा डेम्बा ओवुनाले फउल गरेपछि उनलाई रेफ्रिले दोस्रो कार्ड देखाएका थिए । अन्तिम पाँच मिनेटमा दश खेलाडीमा क्यामरुन सीमित भएपनि त्यसको फाइदा आर्मीले उठाउन सकेन् । थ्री स्टारले बुधबार एपीएफलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि भिडन्त तय गरेको थियो । प्रतियोगितामा २ विदेशीसहित १० टिम छन् । विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा आयोजक सहारा क्लबसँगै लिग विजेता मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, हिमालयन शेर्पा क्लब, धरान फुटबल क्लब सुनसरी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ क्लब रहेका छन् । विदेशी टोलीमा डाफिन्स फेमिली टिम क्यामरुन र युनाइटेड सिक्किम भारतको सहभागिता थियो ।


Views: 61