24th March | 2019 | Sunday | 9:07:09 AM

चैत्रमा बाक्सिला रनिङ गोल्डकप

चिसाङ शेर्पा   POSTED ON : फाल्गुन १९, २०७५ (१२:२५ PM)

चैत्रमा बाक्सिला रनिङ गोल्डकप

खोटाङ । सर्वाधिक धनराशी भएको बाक्सिला रनिङ गोल्डकप चैत्रमा हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन तथा स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिंदै आगामी चैत्र २३ गतेबाट एलाभेन साइजमा दशौं संस्करणको प्रतियोगिता हुने भएको हो ।

केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा हुने प्रतियोगितामा स्थानीय १२ जना र अन्य चार जनाले प्रतियोगितामा सहभागिता जनाउन पाइने आइतबार दिक्तेलमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगितामा समुह विजेताले १ लाख ५५ हजार ५१०, उपविजेताले ७५ हजार १० र सान्त्वना दुइ टिमले जनही १५÷१५ हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, उत्कृष्ट स्ट्राईकर, मिड फिल्डर, डिफेण्डर, गोल रक्षक, हाइ स्कोरर र अनुशासित टिमलाई जनही ५/५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । टिम दर्ता आजबाट चैत्र १४ गतेसम्म खुल्ला भएको समेत बाक्सिला फुटबल क्लबले जनाएको छ ।

टिम दर्ताका निम्ति दिक्तेलमा सनम राई र बाक्सिलामा रोशन श्रेष्ठसँग सम्पर्क गर्न सकिनेछ । टिम दर्ताका लागि ५ हजार ५१० रुपैयाँ लाग्नेछ । चैत्र १५ गते पुनः दिक्तेलमा पत्रकार सम्मेलनगरी टाइसिट सार्वजनिक गरिनेछ । 

 तस्विर:प्रतियोगिताका बारेमा जानकारी गराउदै आयोजक ।

 तस्विर  :चिसाङ शेर्पा 




Views: 34