27th May | 2019 | Monday | 5:52:10 AM

सन्दीप वर्ष खेलाडी

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २२, २०७५ (५:४३ AM)

सन्दीप वर्ष खेलाडी

काठमाडौं । राष्ट्रिय पुरुष टिमका लेग स्पिनर सन्दीप लामिछाने र महिला टोलीकी उपकप्तान सीता रानामगर वर्ष २०१८–१९ को वर्ष क्रिकेट खेलाडी घोषित भएका छन् । क्रिकेट खेलाडी संघ (सिप्यान)ले मंगलबार प्रदान गरेको वर्ष पुरुष खेलाडीको अवार्ड सन्दीपले र वर्ष महिला खेलाडीको अवार्ड सीताले जितिन् । अवार्ड जित्ने क्रममा लेग स्पिनर लामिछानेले कप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारे । वर्ष क्रिकेट खेलाडीको अवार्डसँगै सन्दीपले एक लाख ३२ हजार नगद प्राप्त गरे । 

सन्दीपले सन् २०१८ र १९ मा राष्ट्रिय टोलीबाट कुल ३२ खेल खेल्दै ८४ विकेट लिएपछि उनी वर्ष खेलाडीको हकदार बनेका हुन् । गतवर्ष फेब्रवरीमा भएको डिभिजन २ मा सन्दीपले नामिबियाविरुद्ध ४ र केन्याविरुद्ध ५ विकेट लिएका थिए । लगत्तै विश्वकप छनोटमा उनले पपुवा न्यूगिनीविरुद्ध ४ तथा हङकङविरुद्ध ३ विकेट लिएका थिए ।

यस्तै यूएईविरुद्ध अघिल्लो महिला भएको एकदिवसीय शृंखलामा ७ विकेट लिएका सन्दीपले त्यसअघि एसिया कप छनोटमा ५ खेलमा १४ विकेट लिएका थिए । हाल उनी दुबईमा पाकिस्तान सुपर लिग खेलिरहेका कारण उनको अवार्ड राष्ट्रिय टोलीका कप्तान पारस खड्काले ग्रहण गरेका थिए । 

तीन वर्षअघि नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका लामिछानेले आइपिएलपछि क्यारिबियन प्रिमिएर लिग (सिपिएल), बिग बास लिग अष्ट्र«ेलिया, क्यानडाको ग्लोबल टी–२०, अफगानिस्तानको प्रिमियर लिग, बंगलादेश प्रिमियर लिगमासमेत आफ्नो प्रतिभा देखाइसकेका छन् । 

यस्तै राष्ट्रिय महिला टोलीकी उपकप्तान सीता रानामगर वर्ष महिला क्रिकेट खेलाडी घोषित भइन् । अवार्डसँगै सीताले ६६ हजार पुरस्कार प्राप्त गरिन् । वर्ष महिला क्रिकेट खेलाडी जित्ने क्रममा सीताले नेपाली टोलीका कप्तान रुविना क्षेत्री, इन्दु बर्मा, करुणा भण्डारी र सरिता मगरलाई पछि पारिन् । महिला टोलीले पछिल्लो महिना थाइल्याण्डमा भएको महिला टी–२० स्म्यासमा गरेको प्रदर्शनका आधारमा विजेता छनोट गरिएको हो । सीताले उक्त प्रतियोगिताका ६ खेलमा १ सय ३८ रन जोडेकी थिइन भने ४ विकेटसमेत लिएकी थिइन् । 

यस्तै उदीयमान खेलाडीको अवार्ड राष्ट्रिय टोलीका सदस्य रोहितकुमार पौडेलले हात पारे । अवार्डसँगै रोहितले ६६ हजार पुरस्कार पाएका छन् । उदीयमान क्रिकेट खेलाडी अवार्ड जित्ने क्रममा रोहितले अविनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी र सन्दीप जोरालाई पछि पारेका थिए । 

नवलपरासीका १६ वर्षीय युवा ब्याट्सम्यान रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने विश्वकै चौथो कान्छा खेलाडी हुन् । रोहितले गत महिना युएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृखंलामा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने संसारकै कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए । 

राष्ट्रिय टोलीका सदस्य करण केसीले वर्षको ‘उत्कृष्ट क्षण अवार्ड’ जिते । वर्षको उत्कृष्ट क्षण अवार्डसँगै करणले ६६ हजार पुरस्कार पाएका छन् । वर्षको उत्कृष्ट क्षण अवार्डका लागि १० क्षण मनोनयनमा परेका थिए । अनलाइन भोटमा सर्वाधिक मत प्राप्त गर्दै करणले अवार्डले हात पारे । 

गतवर्ष नामिबियामा भएको डिभिजन–२ मा क्यानडाविरुद्ध जित दिलाउन करणले उत्कृष्ट ब्याटिङ गरेका थिए । त्यही जितले नेपालले एकदिवसीय मान्यता पाएको थियो । कार्यक्रममा पूर्वक्रिकेटर कोमलबहादुर पाण्डेलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको थियो । नेपाली क्रिकेटको विकासमा योगदान पु¥याएको भन्दै पाण्डेलाई अवार्डसँगै ६६ हजार पुरस्कार प्रदान गरियो ।


Views: 71