26th March | 2019 | Tuesday | 1:42:36 AM

प्रदेश नं १ लाई खेलकुदको राजधानी बनाईन्छ : मुख्यमन्त्री राई

  POSTED ON : फाल्गुन २६, २०७५ (१२:५४ PM)

प्रदेश नं १ लाई खेलकुदको राजधानी बनाईन्छ : मुख्यमन्त्री राई

फिक्कल । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई खेलकुदको राजधानीका रुपमा विकास गरिने बताउनुभएको छ । इलाममा आजबाट शुरु भएको माईभ्याली अन्तरराष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटनमा प्रदेशमा खेलकूदको विकासका लागि समाजका सबै क्षेत्रसँग सहयोगको अपिलसमेत गरे ।

इलाममा जारी प्रतियोगिताले खेलका अन्य क्षेत्रलाई पनि सहयोग पुगेको बताउँदै उनले भने, “आगामी दिनमा १ नम्वर प्रदेशलाई खेलकुदको राजधानी बनाउन सबै पक्षको सहयोग उत्तिकै आवश्यक छ ।” प्रदेश सरकारको आयोजनामा अन्तरराष्ट्रियस्तर मुख्यमन्त्री कप समेत आयोजना गरिने बताउँदै उनले स्थानीय स्तरबाट उत्पादन भएका खेलाडीलाई प्राथमिकता दिइने समेत बताए । 

आयोजक माईध्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले फुटबल इलामको इतिहास र संस्कार भएको बताए । यो प्रतियोगिता गोल्डकपको पाँचौ संस्करण हो । प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता छ । 


Views: 48

सम्बन्धित सामग्री:

नेपालले कतारसँग खेल्दै

: चैत्र १०, २०७५ (९:१९ AM)