26th March | 2019 | Tuesday | 2:01:14 AM

साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २८, २०७५ (१२:२९ PM)

साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

 विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलमा भुटानविरुद्धको खेलमा नेपालले सहज जित निकालेको छ ।

 मंगलबार विराटनगरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले हराएको हो ।

विराटनगरको सहिद रंगशालामा नेपालले १३ औ मिनेटमा अग्रता लिएको थियो । पहिलो गोल मन्जिलीकुमारी योञ्जलले गरेकी थिइन् । 

त्यसैगरी १६ औ मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई थप अग्रता दिलाइन् ।

तेस्रो गोल भने पहिलो हाफ पछि भएको थियो । खेलको ५४ औं मिनेटमा कप्तान निरु थापाले गोल गरेकी थिइन् ।

समुह एमा रहेको नेपालले तीन अंक जोड्न सफल भएको छ । भुटानविरुद्वको सहज जितले नेपाल सेमिफाईनलको नजिक पुगेको छ ।

समुह चरणको आफ्नो दोस्रो खेल नेपालले बंगलादेशसंग २ चैतमा खेल्नेछ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । 


Views: 51

सम्बन्धित सामग्री:

नेपालले कतारसँग खेल्दै

: चैत्र १०, २०७५ (९:१९ AM)