24th April | 2019 | Wednesday | 10:24:48 PM

आठौं राष्ट्रिय खेलकुद : पुलिसलाई पहिलो स्वर्ण

हिमालय टाइम्स   POSTED ON : चैत्र २९, २०७५ (७:३६ AM)

आठौं राष्ट्रिय खेलकुद : पुलिसलाई पहिलो स्वर्ण

काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले जितेको छ । प्रतियोगिताअन्तर्गत भएको ४० औं राष्ट्रिय टेबलटेनिसको दोश्रो दिन बिहीबार प्रहरीले दुई स्वर्ण जितेको छ । प्रहरीले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण हात पा¥यो ।

टिम इभेन्टमा प्रहरीले अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित ग¥यो । प्रहरीकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३–१ ले परारिजत गरिन् । दुई खेलमा जित हात पारेकी ७ पटककी राष्ट्रिय च्याम्पियन नविताले एफीएफका अनिता महर्जनलाई ३–० तथा सेलिशा खड्गीलाई ३–१ ले हराइन् । एक सिंगल्समा भने एपीएफकी सिक्का सुवालले प्रहरीकी मञ्जु सुवालमाथि ३–१ को जित दर्ता गरिन् । आर्मी र प्रदेश ३ संयुक्त रूपमा तेस्रो भए ।

दाङको घोराही कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला डबल्सको फाइनलमा प्रहरीका भाउजु नविता र नन्द एलिनाको जोडीले आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–८ को सोझो सेटमा पाखा लगाए । प्रदेश ५ का गीता अर्याल र अमृता थापा तथा एपीएफका सेलिशा खड्गी र सिक्का सुवालको जोडी तेस्रो बने ।

हक्की

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरी विजयी भएको छ । पहिलोपटक हक्कीमा सहभागिता जनाएको प्रहरीले गण्डकी प्रदेशलाई ५–० गोलले पराजित ग¥यो । सम्भव पाँचै गोल रोमन राणाको नाममा रहृयो । रोमन प्रहरीमा आबद्ध हुनुअघि गण्डकीबाटै खेल्थे । 

गत माघमा झापाको भद्रपुरमा भएको प्रथम गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीमा नेपाल आर्मीलाई हराउँदै उपाधि जित्दा रोमन गण्डकी टिमका मुख्य सदस्य थिए । अन्य खेलमा डिफेन्डिङ च्याम्पियन आर्मी र प्रदेश ७ ले सफलता पाए । आर्मीले प्रदेश २ लाई १–० गोलले हराउदै लगातार दोश्रो जित हात पा¥यो । राम शाहले निर्णायक गोल गरे । प्रदेश ७ ले कर्णाली प्रदेशलाई ३–० गोलले निराश पा¥यो । जितमा राम परियार, भीमदत्त भट्ट र कान्तुराम पनेरुले १–१ गोल योगदान गरे ।

स्क्वास 

आठौंअन्तर्गत ११औं राष्ट्रिय स्क्वासको महिला सिंगल्सको राउन्ड रोविन लिगमा प्रदेश ३ की भावना सुनुवार र गण्डकीकी कृष्णा थापाले बिहीबार दोहोरो जित हात पारेका छन् ।

भावनाले गण्डकीकी सालिनी घिमिरेलाई ११–२, ११–० र ११–१ तथा प्रदेश ३ की स्वास्थानी श्रेष्ठलाई ११–५, ११–४ र ११–७ को सोझो सेटमा पराजित गरिन् । कृष्णाले आफ्नै प्रदेशकी सालिनीलाई ११–२, ११–० र ११–१ तथा प्रदेश ३ की मन्जिला मगरलाई ११–३, ११–२ र ११–३ को सीधा सेटमा हराइन् । प्रदेश ३ की विपना ब्लोनले आफ्नै प्रदेशकी मन्जिलालाई ११–१, ११–४ र ११–४ को सोझो सेटमा पन्छाइन् ।

पुरुष सिंगल्समा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा प्रदेश ३ का राजेन्द्र शाक्यले त्यसै प्रदेशका प्रवीणवीर सिंह कंशाकार तथा प्रदेश २ का दीपक थापाले गण्डकीका अमृत थापामगरविरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

क्वार्टरफाइनलमा राजेन्द्रले प्रदेश ३ का अमिर ब्लोनलाई ३–११, ११–२, ११–३ र ११–६, दीपकले प्रदेश १ का निशान्त अग्रवाललाई ११–६, ११–५, ५–११ र ११–६, अमृतले एपीएफका उमिद शाक्यलाई ११–५, ११–२ र ११–८ तथा प्रवीणले एपीएफका विक्रम मगरलाई ११–९, ११–२ र ११–२ को सेटमा पाखा लगाए ।

बास्केटबल

आठौंअन्तर्गत १६औं राष्ट्रिय पुरुष बास्केटबलमा तीनै विभागीय टिम (प्रहरी, एपीएफ, आर्मी) ले बिहीबार विजयी सुरुवात गरेका छन् ।

प्रहरीले कर्णाली प्रदेशलाई ९३–२९, एपीएफले प्रदेश ५ लाई ७४–४० र आर्मीले गण्डकी प्रदेशलाई ७८–३६ ले पराजित गरे । घोराहीको सालघारीमा भइरहेको प्रतियोगिताको अर्को खेलमा सुदूर प्रदेशले प्रदेश २ लाई ६५–२१ ले हरायो ।

पुरुषतर्फ १० टिमलाई २ समूहमा राखेर लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । १५औं महिला राष्ट्रिय बास्केटबल भने चैत ३० गतेदेखि मात्र सुरु हुनेछ । महिलामा ८ टिम सहभागी छन् ।

लनटेनिस 

आठांै राष्ट्रिय प्रतियोगिता २०७५ अन्तर्गत बुटवलमा जारी लन टेनिस खेलमा शुक्रबार दुई स्वर्णको टुंगो लागेको छ । देविनगरस्थित लन टेनिस कोर्टमा बिहीबार भएको टिम इभेन्टतर्फको खेलमा नेपाली सेना र शस्त्र प्रहरी बलको एपीएफ क्लबले १–१ स्वर्ण हात पारेका छन । टिम इभेन्टतर्फको महिलामा नेपाली सेना र पुरुषमा एपीएफले स्वर्ण जितेका हुन ।

पुरुष टिम इभेन्टमा सशस्त्र प्रहरी एपीएफले नेपाली सेनलाई ३–० ले सेटमा पराजित गर्दै स्वर्ण जितेको छन् । नेपाली सेना दोस्रो हुँदै रजत पदकमा चित्त बुझाएको छ भने प्रदेश ४ र एनआरएनको टिम तृतीय हुँदै कास्य पदक पाएको छ । यसैगरी महिला टिम इभेन्टतर्फ नेपाली सेनाले सशस्त्र प्रहरी बलको एपीएफलाई २–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । एपीएफ क्लब रजत पदकमा चित्त बुझाएको छ । प्रतियोगितामा प्रदेश ३ र प्रदेश न ४ तृतीय हुँदै कास्य पदकमा चित्त बुझाएको छ ।

यसैगरी बिहीबार खुला इभेन्टतर्फ खेलहरू सम्पन्न भएका छन् । खुलाको मेन्स सिगलमा भीष्म काउचाले सञ्जय श्रेष्ठलाई ७–५, ६–३, ७–६ पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यसैगरी भूषण बज्राचार्यले दावा सोनाम शेर्पालाई ६–३, ६–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन । यसैगरी नवीन मगरले इवेक जोशीलाई ६–१, ६–१ सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन । अर्को खेलमा भूषण बज्राचार्यले निशान्त श्रेष्ठलाई ६–०, ६–० को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन ।


Views: 98

सम्बन्धित सामग्री:

नेपालद्वारा मलेशिया पराजित

: बैशाख ११, २०७६ (१२:०२ PM)