24th July | 2019 | Wednesday | 2:54:23 PM

यू–१९ विश्वकप छनोट : नेपालको सानदार जित

  POSTED ON : चैत्र २९, २०७५ (१०:१४ AM)

काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ ।

नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरर्गत एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको हो ।ठूलो स्कोर पछ्याउने क्रममा सिङ्गापुर ३१ ओभरमा सबै विकेट गुमाउँदै केवल ६५ रनमा अल आउट भयो । मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लब मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनाएको थियो । सिङ्गापुरविरुद्ध बनाएको यो स्कोर यू–१९ क्रिकेटमा नेपालले बनाएको हालसम्मकै सर्वा्िधक ठूलो स्कोर थियो ।

पहिले खराब शुरुआत गरेको नेपालले मात्र १८ रन जोड्दा दुई विकेट गुमाएको थियो तर  कप्तान रोहितकुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए । कप्तान रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । पवन ४७ रनमा आउट भए । यस्तै नेपालका लागि राशिद खानले ४८, कमलसिंह ऐरीले ३१ तथा भीम सार्कीले २६ रन बनाए । सिङ्गापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले दुई दुई विकेट लिएका थिए ।

दोस्रो इनिङमा नेपाली बलर सुरुवाति देखि नै चम्किएका थिए । आजको खेलमा पी सरार्फले ३ विकेट लिए भने कुशल मल्ल र सूर्य तामाङले २–२ विकेट लिएका छन् । राहिस खानले १ विकेट लिएका छन् ।


Views: 155