24th July | 2019 | Wednesday | 2:16:52 PM

यु–१९ विश्वकप छनोट–नेपालको सानदार जित

  POSTED ON : बैशाख २, २०७६ (७:५५ AM)

यु–१९ विश्वकप छनोट–नेपालको सानदार जित

काठमाडौं ।आइसिसी यु–१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता नेपालले जित हात पारेको छ। आफ्नो तेस्रो खेलमा नेपालले सोमबार आयोजक मलेसियामाथि ८ विकेटको जित हात पारेको हो ।

मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा ओपनर रित गौतमले ४५ बलमा ५ चौकाको मद्दतमा नटआउट ३९ रन जोडे। आसिफ शेख २६ रनमा आउट भएपछि मैदान छिरेका कप्तान रोहित पौडेलले पहिलो बलमै छक्का प्रहार गर्दा नेपालले लक्ष्य पार गरेको थियो। नेपालका लागि पवन सर्राफले १४ बलमा १९ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ३३ ओभर ५ बलमा अलआउट हुँदै ९२ रन बनाएको थियो ।

नेपाली बलर चम्किएपछि मलेसियाका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।

मलेसियाका लेजाड ड्यानियल बिन अहमेदले सर्वा्धिक ३७ रन बनाए । यस्तै कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।

नेपालका पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिए । कमल सिंह ऐरीले २ विकेट लिए ।

आजको जितसंगै नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । र, नेपाल दोस्रो स्थानमा उक्लिएको छ । 

खेलमा म्यान अफ दि म्याच नेपालका पवन सर्राफ भए ।

अब नेपालले मंगलबार ओमानसंग खेल्ने छ ।


Views: 153