24th April | 2019 | Wednesday | 9:31:11 PM

प्रिमियर लिगको उपाधि होड रोमाञ्चक

एजेन्सी   POSTED ON : बैशाख ३, २०७६ (६:२१ AM)

प्रिमियर लिगको उपाधि होड रोमाञ्चक

लण्डन । शीर्ष दुई स्थानका लिभरपुल र म्यानचेस्टर सिटीले आइतबार राति भएका आआफ्नो खेलमा जित निकालेपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ । लिभरपुलले आइतबार राति चेल्सीमाथि २–० को जित निकालेको हो भने म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि ३–१ को जित हात पा¥यो ।

जितसँगै लिभरपुल ३४ खेलमा ८५ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सिटीको ३३ खेलबाट ८३ अंक छ । लिगमा लिभरपुलले ४ तथा सिटीले ५ खेल खेल्न बाँकी छ । आइतबार राति लिभरपुलको महŒवपूर्ण जितमा साडियो माने र मोहम्मद सलाहले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा दुई मिनेटभित्र लिभरपुलले दुई गोल गर्दै ३ अंक जोडेको थियो ।

५१औं मिनेटमा साडियो मानेले जोर्डन हेन्डरसनको पासमा हेडमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मोहम्मद सलाहले भर्जिल भान डिजिकको पासमा करिब २५ यार्डबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

यता, क्रिस्टल प्यालेससँगको जितमा सिटीका रहिम स्ट्रर्लिङले दुई तथा ग्याब्रिअल जिससले एक गोल गरे । खेलको १५औं मिनेटमा केभिन डि ब्राउनिको पासमा रहिमले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६३औं मिनेटमा उनले अग्रता दोब्बर पारे । ८१ औं मिनेटमा लुका मिलिभोजिभिकले प्यालेसका लागि एक गोल फर्काए पनि अन्तिम मिनेटमा ग्याब्रिअल जिससले गोल गर्दै खेललाई ३–१ ले टुंग्गाएका थिए ।


Views: 104

सम्बन्धित सामग्री:

नेपालद्वारा मलेशिया पराजित

: बैशाख ११, २०७६ (१२:०२ PM)