22nd May | 2019 | Wednesday | 2:38:45 AM

एथलेक्टिसमा सेनालाई २१ स्वर्ण

हिमालय टाइम्स   POSTED ON : बैशाख १०, २०७६ (६:५९ AM)

एथलेक्टिसमा सेनालाई २१ स्वर्ण

दाङ । नेपाल आर्मी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्स प्रतियोगिताको च्याम्पिएन बनेको छ । दाङको तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा सञ्चालित प्रतियोगितामा सशक्त र शानदार प्रदर्शन गरेको नेपाली सेनाले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्य पदक हात पार्दै टिम च्याम्पियन बनेको हो ।

त्यस्तै ८ स्वर्ण, ६ रजत र ९ कास्य हात पारेको सशस्त्र प्रहरीको एपीएफले टिम उपविजेतामा चित्त बुझाउँदा नेपाल पुलिस ३ स्वर्ण, ५ रजत र ४ कास्य पदकका साथ तृतीय स्थान हासिल ग¥यो । त्यस्तै प्रदेश ५ ले १ स्वर्ण, ८ रजत र ६ कास्य पदक हात पार्दै चौथो स्थान हासिल गर्न सफल भयो । महिला १८ र पुरुष १८ गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुंगो लागेको छ । वैशाख ५ बाट सञ्चालन भएको प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, सातवटा प्रदेश र एनआरएनको सहभागिता थियो ।

नेपाल आर्मीका कृष्ण बस्नेत र नेपाल प्रहरीकी राजपुरा पछाइ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत फुल म्याराथन प्रतियोगिताको च्याम्पिएन बनेका छन् । ४२.१९५ किलोमिटर म्याथन दौड २ घण्टा १७ मिनेट ३३ सेकेण्डमा पूरा गरी स्वर्ण जितेका बस्नेतले आफ्नो २ घण्टा २० मिनेटको पुरानो रेकर्डमा सुधार गर्दै च्याम्पिएन बनेका हुन् ।

यस्तै प्रदेश नं ६ का दुर्गाबहादुर बुढाले २ घण्टा १८ मिनेट ३९ सकेण्डमा रजत जित्दा एपीएफका कृष्णसिंह बोगटीले २ घण्टा २२ मिनेट १० सेकेण्ड कास्य पदक हात पारे । महिला फुल म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाइले दुई घण्टा ५९ मिनेट ३८ सेकेण्डको रेर्कड बनाउदै पूरा गर्दै स्वर्ण जितिन् । त्यस्तै ३ घण्टा ५९ सेकेण्डमा दूरी पार गर्दै एपीएफकी पुष्पा भण्डारीले रजत जित्दा नेपाली सेनाकी सरिता बासिले ३ घण्टा ८ मिनेट ३ सेकेण्डमा कास्य पदक जितिन् ।

दाङको बेल्झुण्डी रंगशालाबाट सुरुवात गरिएको म्याराथनको रुट हेमन्तापुर, बिजौरी, पर्सेनी, तुलसीपुर, दोघरे, दुधेना, अश्वरा, डाँडाचिस, कुमलगढी, मिरौली, बागर हुँदै श्रीगाउँबाट पुनः सोही ट्र्याक हुँदै बेलझुण्डी रंगशालाको सेन्थेटीक ट्र्याकमा एक राउण्ड लगाएर अन्त्य गरिएको थियो । म्याराथनमा पुरुषतर्फ १५ र महिलातर्फ ६ जना खेलाडी गरी २१ जनाले भाग लिएका थिए ।

आर्मीद्वारा क्लिन स्विप

बर्दिया । आठौंअन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रो प्रतियोगितामा समावेश चारै स्पर्धाको उपाधिमाथि आर्मीले कब्जा जमाएको छ ।

बर्दियाको गुलरियामा सोमबार सम्पन्न पुरुष डबल्सको अन्तिम फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजित ग¥यो । त्यसअघि आर्मीले महिला डबल्स तथा पुरुष÷महिला रेगुको फाइनल जितेको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुरुष÷महिला दुवैमा आर्मी, प्रदेश १, ३, ४, ५ र ७ गरी ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

हृयान्डबलमा एपीएफ र गण्डकी भिड्ने 

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय हृयान्डबलको पुरुषमा एपीएफ र गण्डकी प्रदेश उपाधिका लागि भिड्ने भएका छन् ।

नेपालगञ्ज रंगशाला परिसरमा भएको सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली आर्मीलाई ३२–२६ ले पराजित ग¥यो । एपीएफका लाकेन्द्र चन्दले ९ गोल गरे । अर्को सेमिफाइनलमा गण्डकीले प्रदेश ३ लाई ४०–१८ को फराकिलो गोलअन्तरले हरायो । गण्डकीका दिनेश श्रेष्ठ तथा करण थापाले समान ७–७ गोल गरे । प्रदेश ३ का अमर श्रेष्ठले पनि ७ गोल गरे ।

नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालयको मैदानमा भएको प्रतियोगिताअन्तर्गन महिलाको उपाधि भिडन्त दुवै विभागीय टोली आर्मी र एपीएफबीच हुने भएको छ । आर्मीले प्रदेश १ लाई ३८–१७ ले पाखा लगायो । आर्मीकी कविता राईले ११ गोल गरिन् । एपीएफले गण्डकीलाई २२–४ ले पन्छायो । एपीएफकी देवी श्रेष्ठले ७ गोल गरिन् । पुरुष÷महिला दुवैको फाइनल मंगलबार नेपालगञ्ज रंगशाला परिसरमा अपराहृन ३ बजेदेखि सुरु हुनेछ ।

जिम्न्याष्टिकमा राजुलाई ५ स्वर्ण 

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगितामा एपीएफका राजु राईले ५ स्वर्ण जितेका छन् । राजुले थप १ रजत पनि जिते । सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए । कारकाँडोस्थित जुडो हलमा भएको प्रतियोगितामा राजुले पुरुष फ्लोरमा ७.७५ अंक जोड्दै स्वर्ण जिते । एपीएफका दिनेश सुनुवार दोस्रो तथा प्रदेश ३ का उज्ज्वल तिवारी तेस्रो भए । भल्टिङ टेबलमा राजुले रजतमा चित्त बुझाउँदा प्रदेश ३ का उज्ज्वल तिवारीले ७.२५ अंक जोड्दै पहिलो स्थान हात पारे । प्रदेश ३ कै त्रिदेव गिरी तेस्रो बने ।

प्यारलल बारमा राजु ७.४ अंकसाथ शीर्ष स्थानमा रहे । प्रदेश ३ का सत्यनारायण मानन्धर दोसे तथा प्रदेश ७ का जितेन्द्र चौधरी तेस्रो भए । पोमेल हर्समा पहिलो भएका राजुले ५.९० अंक जोडे । एपीएफकै रिकेश तामाङ दोस्रो तथा प्रदेश ३ का त्रिदेव गिरी तेस्रो भए ।

अलराउण्डमा पहिलो स्थान हात पारेका राजुले २६.९० अंक प्राप्त गरे । प्रदेश ३ का सत्यनारायण मानन्धर दोस्रो तथा एपीएफका विष्णु बाटा तेस्रो भए । राजुले थप एक स्वर्ण टिम इभेन्टमा जिते । राजुसहितको रिकेश तामाङ, रमेश श्रेष्ठ, श्रीकृष्ण खरबुजा, दिनेश सुनुवार र विष्णु बाटाको टोलीले ११०.६० अंक जोड्दै स्वर्ण जितेको हो । प्रदेश ३ दोस्रो तथा प्रदेश ७ तेस्रो भए ।

महिलाको टिम इभेन्टमा प्रदेश ३ ले स्वर्ण हात पा¥यो । प्रदेश ३ का तारा सिवाकोटी, जेनिसा थापा, प्रकृति थापा मगर, रिजु रञ्जित, सौभाग्य कोजु र सविक्षा सुवालको टोलीले ४८.५७५ अंक जोडे । एपीएफ दोस्रो तथा प्रदेश ७ र प्रदेश ५ तेस्रो भए ।

एपीएफकी पिंकी झाङले दोहोरो स्वर्ण चुमिन् । पिंकीले महिला भल्टिङमा ७.७० अंक जोडिन् । प्रदेश ३ की तारा सिवाकोटी दोस्रो तथा आर्मीकी विदिशा न्यौपाने तेस्रो भए । पिंकीले फ्लोर स्पर्धामा अर्को स्वर्ण चुमिन् । प्रदेश ३ की तारा सिवाकोटी र आर्मीकी विदिशा न्यौपाने तेस्रो भए ।

महिला अलराउन्डमा प्रदेश ३ की तारा सिवाकोटी पहिलो भइन् । ताराले १६.९५ अंक हासिल गरिन् । एपीएफकी लुमिला मानन्धर दोस्रो तथा प्रदेश ३ की प्रकृति थापामगर तेस्रो भए । पुरुषको १९ औं तथा महिलाको ७औं राष्ट्रिय प्रतियोगिता हो ।

उसुमा नीमा र मिनालाई स्वर्ण 

नेपालगञ्ज । आठौंअन्तर्गत १४औं राष्ट्रिय उसुको थाउलोतर्फ आर्मीकाद्वय १२औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी निमा घर्ती मगर र मीना ग्लानले स्वर्ण जितेका छन् ।

महिला नान् छवान्÷नान् तावमा निमाले समग्रमा १८.२ अंक जोडिन् । प्रदेश ३ की अञ्जिता स्याङ्तान दोस्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेस्रो भए ।

महिला थाइची छ्वान÷थाइची चेनमा आर्मीकी मीना ग्लान १८.२१ अंकसाथ पहिलो भइन् । मिनाले १२औं सागकी रजत विजेता आर्मीकै सविता राईलाई पछि पारिन् । सविताले १७.९८ अंक जोडिन् । सुदूरपश्चिम प्रदेशकी सम्झना चौधरी तेस्रो भइन् । पुरुष थाइची छ्वान÷थाइची चेनमा आर्मीका हरिप्रसाद गोल पहिलो भए । उनले १८.४८ अंक जोडे । प्रदेश ३ का पासाङ शेर्पा दोस्रो तथा सुदूरपश्चिमका जनक बुढा तेस्रो बने । पुरुष नान छ्वान÷नान कुनमा कर्णाली प्रदेशका दीपक हमालले स्वर्ण जिते । उनले १९.१ अंक प्राप्त गरे । एपीएफका युवराज थापाले रजत तथा एपीएफकै सन्नी श्रेष्ठले कास्य हात पारे ।


Views: 99