22nd May | 2019 | Wednesday | 2:23:05 AM

ह्विल चियर एशिया कप क्रिकेट हुँदै

  POSTED ON : बैशाख १०, २०७६ (१२:५८ PM)

ह्विल चियर एशिया कप क्रिकेट हुँदै

 

काठमाडौं । ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ ।

  पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म गर्ने तय भएको ह्विल चियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिए । टि–२० फरम्याटमा हुने प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बङ्गलादेश र पाकिस्तान सहभागी हुने उनले जानकारी दिए ।

   प्रतियोगिताका सबै खेल पुल्चोकस्थित इञ्जिनीयरिङ क्याम्पसको खेलमैदानमा हुने अध्यक्ष शेर्पाले जानकारी दिए । टि–२० फरम्याटमा हुने ह्विल चियर एशिया कप क्रिकेट विश्वमै पहिलो पटक आयोजना हुन लागेको उनकोे दाबी छ ।


Views: 128