21st July | 2019 | Sunday | 5:20:24 PM

फुटबलको स्वर्णका लागि आर्मी र पुलिस भिड्ने

हिमालय टाइम्स   POSTED ON : बैशाख ११, २०७६ (६:५४ AM)

फुटबलको स्वर्णका लागि आर्मी र पुलिस भिड्ने

बाँके । आठौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलको स्वर्ण पदकका लागि त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबको भिडन्त हुने भएको छ । नेपालगञ्ज रंगशालामा मंगलबार भएको सेमिफाइनल खेलमा दुवै टोलीले जित हात पार्दै स्वर्णका लागि भिडन्त पक्का गरेका हुन् ।

बिहान भएको पहिलो सेमिफाइनलमा आर्मीले घरेलु टोली प्रदेश–५ लाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने बेलुका भएको दोस्रो सेमिफाइनलमा पुलिसले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–१ को अन्तरले पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको हो ।

फाइनल खेल बुधबार बेलुका ४ बजे नेपालगञ्ज रंगशालामा हुनेछ । पुलिसलाई फाइनलमा पु¥याउन रवि पासवान र तेज तामाङले गोल गरेका थिए भने एपिएफका आशिष लामाले एक गोल फर्काएका थिए ।

रविको गोलमा पुलिसले नवौं मिनेटमा खेलमा अग्रता लिएको थियो । तेजले ३४ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए भने ७२औं मिनेटमा एपिएफका आशिष लामाले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन ।

त्यसअघि बिहान भएको खेलमा पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश–५ लाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा प्रवेश ग¥यो । निर्धारित समयको खेल २–२ बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।

पेनाल्टीमा घरेलु टोलीलाई ३–१ को स्तब्ध पार्दै आर्मीले अन्तिम दुईको यात्रा तय गरेको हो । पेनाल्टीमा आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे भने प्रदेश–५ का लागि कृष्ण रानाभाटले मात्र एक गोल गर्न सके ।

त्यसअघि, आर्मीले पहिलो हाफमा २–० को अग्रता बनाए पनि दोस्रो हाफमा पुनरागमन गर्दै प्रदेश–५ ले खेल बराबरीमा ल्याएको थियो ।  १९औं मिनेटमा दिपेन सिंह ठकुरीको आत्मघाती गोलबाट आर्मीले सुरुवाती अग्रता पाएको थियो । आर्मीका कप्तान भरत खवासले मध्यभागबाट अघि बढाएको बल डी बक्समा पु¥याएपछि रोक्ने प्रयास गर्ने क्रममा दिपेनलाई लाग्दै बलले पोस्टको दिशा लिएको थियो ।

खेलको ३१ औं मिनेटमा पेनाल्टी क्षेत्रको दायाँतर्फबाट सुमन अर्यालको क्रसमा दीप लामाले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । दोस्रो हाफमा प्रदेश–५ ले पेनाल्टीमार्फत दुई गोल फर्कायो । ७८औं मिनेटमा विकास खवासले डि–बक्स हृयान्ड गरेपछि प्राप्त पेनाल्टीमा विनोदले सहज गोल गर्दा 

त्यसको ५ मिनेटपछि पुनः विकासले प्रदेश–५ का खेलाडीलाई फल्ड गरेपछि पाएको अर्को पेनाल्टीमा पनि विनोदले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

पुरुष क्रिकेटमा विभागीय भिडन्त

आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्ने भएका छन् । कोहलपुर क्रिकेट मैदानमा मंगलबार साँझ सम्पन्न दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३ रनले पराजित गर्दै पुलिसले स्वर्णका लागि एपिएफसँगको भेट पक्का गरेको हो । 

एपिएफले भने मंगलबार विहान नै भएको पहिलो सेमिफाइनलमा प्रदेश–१ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दुवैबीचको फाइनल खेल बुधबार कोहलपुर मैदानमा हुनेछ ।  

दोस्रो सेमिफाइनलमा ८१ रनको लक्ष्य पछ्याएको आर्मी ७७ रनमै समेटियो । आर्मीका कुशल मल्लले १७ बलमा २३ रन बनाए । यस्तै, राजु रिजालले १४ र हरिकृष्ण झाले ११ र राजेश पुलामीमगरले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । 

आर्मीका विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, सुशान भारी र सहाब आलामले खाता नै खोल्न सकेनन् । पुलिसका सागर ढकालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ ओभर मेडन राख्दै १४ रनमात्रै खर्चेर ४ विकेट लिए । यस्तै ललित नारायण राजवंशी र नवीन सिहंले ३–३ विकेट लिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर ८० रन बनाएको थियो । पुलिसका लागि अमित श्रेष्ठले सर्वाधिक २३ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंक छुन सकेका थिएनन् । 

त्यस्तै बिहान भएको खेलमा शरद भेषवाकरले कसिलो बलिङ गरेपछि प्रदेश १ लाई ८ विकेटले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । प्रदेश–१ ले दिएको ५० रनको सामान्य लक्ष्य एपिएफले १०.५ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो । 

एपिएफका शंकर रानाले २३ र प्रदीप ऐरीले १७ रन जोडेका थिए । शरद भेषवाकर २ र अनिल साहले भने ७ रनमात्रै बनाउन सके । प्रदेश १ का पुष्प थापा र दिपेश कंडेलले समान एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले १६.३ ओभरमा सबै विकेट गुमाएर ४९ रन मात्रै जोड्न सक्यो। प्रदेश १ का लागि मिनाश थापा र सुन्नी पुनले समान १४ रन बनाउनबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । 

प्रदेश–१ का चार खेलाडीले एक रन पनि जोड्न सकेका थिएनन् । प्रदेश–१ लाई सस्तैमा समेट्न एपिएफका शरद भेषवाकरले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच चुनिए । यस्तै, एपिएफका वसन्त रेग्मीले ३ तथा भुवन कार्की र अभिनास बोहोराले समान एक–एक विकेट लिए । 

महिला क्रिकेटमा एपिएफलाई स्वर्ण 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दाङको लमहीमा भएको महिला क्रिकेटको उपाधि एपिएफले उचालेको छ । उपाधि भिडन्तमा प्रदेश–१ लाई ८७ रनको अन्तरले पराजित गर्दै एपिएफले स्वर्ण जितेको हो । 

फाइनलमा पराजित प्रदेश–१ उपविजेतामा चित्त बुझाउन बाध्य हँुदा सुदूरपश्चिम प्रदेश तेस्रो भयो । टस जितेर ब्याटिङ गर्ने सुनौलो अवसर पाएको एपिएफले २० ओभरमा पूरै विकेट गुमाएर १२८ रन बनायो । 

उसका ज्योति पाण्डेले सर्वाधिक ४५ र सीता रानामगरले ४२ रन जोडिन् । बलिङतर्फ प्रदेश–१ कि रुविना क्षत्री, सवनम राई र संगीता राईले समान ३–३ विकेट लिए ।

१२९ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङका लागि खेल मैदानमा उत्रेको प्रदेश नम्बर एक १९ दशमलव ४ ओभरमा अलआउट हुँदै मात्र ४१ रन मात्रै बनायो । रश्मि शर्मा चौलागाई अविजित हँुदै २७ रन जोडिन । 

बलिङमा एपिएफकी रितु कनोजिया, सरिता मगर र सीता रानामगरले समान २–२ विकेट लिए । प्रतियोगिताको प्लेयर अफ द म्याच रीता रानामगर घोषित भइन् । यस्तै वेस्ट बलर प्रदेश १ कि संगिता राई, बेस्ट ब्याट्सम्यान प्रदेश–७ कि कविता जोशी, प्लेयर अफ द टुनामेन्ट प्रदेश १ कि रुविना क्षत्री भइन् । 

पुलिस र आर्मीबीच उपाधि भिडन्त   

नेपाल पुलिस र आर्मीबीच पुरुष भलिबलको उपाधि भिडन्त पक्का भएको छ । खजुरा शुक्र भलिबल स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले गण्डकी प्रदेशलाई २५–२३,२५–१३,२०–२५ र २५–२० को सेटमा हराउँदै फाइनल प्रवेश गरेको छ । 

पुरुषको दोस्रो प्रतिस्पधात्मक सेमिफाइनल खेलमा आर्मीले एपिएफमाथि १८–२५,२५–२२,३१–३३, २५–२१ र १५–११ को कठिन जित निकाल्दै चिरप्रतिद्वन्द्वी पुलिससँग फाइनल भेट पक्का गरेको छ ।

महिलातर्फ एपिएफ र प्रदेश–३ ले सोझो सेटमा जित निकाल्दै उपाधिका लागि प्रतिस्पर्धा गनेै भएका छन् । पहिलो सेमिफाइनलमा एपिएफले गण्डकी प्रदेशलाई २५–९,२५–१६ र २५–९ को सेटमा हराउँदा प्रदेश ३ ले पुलिसलाई २५–२३,२५–११ र २५–१८ को सेटमा स्तब्ध बनायो ।

तेक्वान्दोमा ११ स्वर्णसहित पुलिस च्याम्पियन

आठांै राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ११ स्वर्णसहित च्याम्पियन भएको छ । नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ कांस्य पदकसहित कुल १७ पदक जित्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ उत्कृष्ट बन्न सफल भएको छ ।

त्यसैगरी, ६ स्वर्ण ४ रजत र ७ कांस्य पदकसहित १४ पदक जित्दै नेपाली सेनाको टिम दोस्रो स्थानमा आएको छ । उता, अर्को विभागीय टिम एपिएफ क्लब २ स्वर्ण, ७ रजत र ५ कांस्यसहित १४ पदक जित्न सफल भयो । २१ पदकमध्ये १९ वटा स्वर्ण विभागीय टिमको पोल्टामा र रजतका २१ मध्ये १४ वटा विभागीय टिमले नै जितेका छन् ।

स्वर्णका बाँकी दुई पदक प्रदेश १ र प्रदेश ५ ले प्राप्त गरेका छन् । प्रदेश १ ले १ स्वर्ण, ३ रजत र ५ कांस्य गरी कुल ९ पदकसहित चौथो स्थानमा रहँदा प्रदेश ५ ले १ स्वर्ण, १ रजत र ३ कांस्यसहित ५ पदक जितेर पाँचाँै स्थानमा रहे ।

त्यस्तै, प्रदेश २ ले १ रजत र ४ कांस्य, प्रदेश ३ ले १ रजत ६ कांस्य, सुदुरपश्चिमले १ रजत ३ कांस्य र गण्डकी प्रदेशले ४ कांस्य जित्न सफल भए ।

प्रतियोगितामा बेस्ट फाइटर पुरुषतर्फको पुरस्कार नेपाली सेनाका सक्षम कार्की र बेस्ट फाइटर (महिला)तर्फ नेपाली पुलिसका रेजिना कार्की घोषित भइन् । यस्तै, बेस्ट कोचको पुरस्कारबाट नेपाल पुलिसका रञ्जन श्रेष्ठ पुरस्कृत भए ।

मंगलबार समापनअघि भएका विभिन्न ६ तौल समूहका खेलमध्ये पुरुष ५४ केजी तौलमुनि नेपाल पुलिसका मनोज मल्लले स्वर्ण, एपिएफका गणेश चौधरीले रजत पदक जिते । त्यसैगरी, महिलाको ४६ केजीमुनि तौल समूहमा नेपाल पुलिसकी रेजिना कार्कीले स्वर्ण जित्दा सुदूरपश्चिम प्रदेशकी गीता कठेतले रजतमै चित्त बुझाइन् ।

पुरुषको ५८ केजीमुनि तौल समूहमा प्रदेश–५ का गोविन्दबहादुर आलेले स्वर्ण जित्दा एपिएफका चन्द्र रानामगरले रजत पदक जिते । महिलाको ४९ केजीमुनि तौलमा नेपाली सेनाकी युनिसा राईले स्वण र एपिएफकी अस्मिता खडकाले रजत प्राप्त गरे ।

पुरुषको ८७ केजी माथितर्फ नेपाल पुलिसका अनुज पुजारीले स्वर्ण जित्दा नेपाली सेनाका रामहरी महतले रजत जिते । महिला ७३ केजि तौल माथि प्रहरीकी मनिता शाहीले स्वर्ण जितिन भने एपिएफकी शुष्मा गुरुङले रजत जितिन् ।

उसुमा आर्मीलाई १४ स्वर्ण

आठौंअन्तर्गत १४ औं राष्ट्रिय उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण जितेको छ । आर्मीले थप १ रजत र ३ कांस्य पनि जित्यो । एपिएफले ५ स्वर्ण, ८ रजत र ५ कांस्य हात पा¥यो । प्रहरीले २ स्वर्ण, १ रजत र ५ कांस्य प्राप्त ग¥यो । २२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १ स्वर्ण कर्णाली प्रदेशले हासिल ग¥यो । 

उसुको अन्तिम मंगलबार थाउलोमा २ तथा सान्सौंमा ६ गरी ८ स्पर्धाका फाइनल भए । थाउलोको महिला चियन सु÷छियाङ सुमा एपिएफकी कविता थापामगर पहिलो भइन् । कविताले १८.०५ अंक जोडिन् ।

सुदूरपश्चिम प्रदेशकी अलिसा खाती दोस्रो तथा आर्मीकी मुना शिरिष मगर तेस्रो भए । पुरुष ताव सु–कुन सुमा आर्मीका विश्व बुढामगरले स्वर्ण जिते । उनले १८.९ अंक जोडे । एपिएफका कुमार सिन्जाली दोस्रो तथा प्रदेश ५ का राजीव तामाङ तेस्रो भए ।

सान्सौंको महिला ५२ केजीमा आर्मीकी एलिना चौधरीले सुदूर प्रदेशकी गौरी घर्तीमगर, ५६ केजीमा प्रहरीकी जुनी राईले एपिएफकी कमला बोहरा तथा ६० केजीमा आर्मीकी लुमन्ती श्रेष्ठले एपिएफकी निशा विकलाई फाइनलमा पराजित गर्दै पहिलो भए ।

महिला ६५ केजीमा एपिएफकी मनीषा रावतले प्रहरीकी पूजा गुप्ता, ७० केजीमा आर्मीकी विन्दु पुनमगरले प्रदेश–१ की तनुजा सुन्दास र ७५ केजीमा आर्मीकी शिलु डंगोलले गण्डकीकी अनिशा आलेमगरलाई फाइनलमा पाखा लगाउँदै स्वर्ण जिते ।

कराँतेमा पुलिस च्याम्पियन

नेपाल प्रहरी क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराँते प्रतियोगितामा च्याम्पियन बनेको छ । दाङ तुलसीपुरस्थित कभर्डहलमा सञ्चालित प्रतियोगितामा प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो ।

त्यस्तै, ३ स्वर्ण, ३ रजत र ४ कांस्य हात पारेको नपाल आर्मीले उपविजेतामा चित्त बुझायो । ३ नम्बर प्रदेश २ स्वर्ण १ रजत र १ कांस्य पदकका साथ तृतीय स्थान हासिल ग¥यो । कराँतेको अन्तिम दिन मंगलबार सम्पन्न पुरुष कुमुते ६० केजी तौलसमूहमा नेपाल पुलिस क्लबका राजीव पुडासैनीले स्वर्ण पदक हात पारे । 

त्यस्तै, प्रदेश–४ का राजकुमार रसाइलीले रजत जित्दा सुदूरपश्चिम प्रदेशका जगतसिंह धानुक र एपिएफका मोहन कार्कीले कांस्य पदक हात पारे । प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ, सात प्रदेश र एनआरएनको सहभागिता रहेको थियो ।

सुस्मिताको नयाँ कीर्तिमान

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत सुटिङतर्फ महिला १० मिटर एयर राइफलमा प्रदेश–३ की सुस्मिता नेपालले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् 

स्नेहाले २४० पूर्णांकमा २३४ अंक जोड्दै स्नेहा राज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपमा बनाएको २३३ अंकलाई भंग गर्दै कीर्तिमानी स्वर्ण जितिन् । २२७ अंकमा आर्मीकी कल्पना परियार दोस्रो तथा २०३ अंकमा प्रहरीकी अस्मिता राई तेस्रो भइन् ।

नेपालगन्ज रंगशालास्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताअन्तर्गत सोही स्पर्धाको पुरुषमा प्रदेश ५ का अर्नव घिमिरे पहिलो भए । उनले कुल २४० अंकमा २१६ अंक जोडे । २१४ अंक जोडेका प्रहरीका हरिबहादुर थापा दोस्रो तथा १९६ अंक जोडेका आर्मीका सुरेश चौधरी तेस्रो भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


Views: 147