24th August | 2019 | Saturday | 12:26:30 AM

बझाङ जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन

सत्यराज सिंह   POSTED ON : बैशाख १५, २०७६ (३:४९ PM)

बझाङ जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन

बझाङ । बझाङ जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आईतबार देखी सुरु भएको छ । सधैका बर्ष झै यस बर्ष पनि जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । खेल मैदान तथा कबर्डहल नभएका कारण जिल्लामा हुने सबै खेलहरु संचालन गर्न निकै चुनौती रहे पनि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा प्रतियोगिता संचालन भएको जिल्ला ब्याडमिन्टन संघ बझाङका सचिब निरनराम जोशीले बताए । नयाँ बर्षको अवसर पारी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन भएको हो ।

 खेलमा ११ वटा टिमको सहभागिता रहेको छ । आईतबार भएको पहिलो चरणको खेलमा निरनराम जोशि र प्रदिप विष्टको टिमले केन्द्र विष्ट र चन्द्र सिंहलाई पराजीत पारेको छ । यस्तै सुरेन्द्र बोहराको टिमलाई पराजीत गर्दै डिवि विष्टको टिमले जित हात पारेको छ भने हर्क बम र फगिर बोहराको टिम विच भएको खेलमा हर्क बमको टिमले जीत हात पारेको छ । भरत सिहँ र नरेन्द्र खड्का को टिममा नरेन्द्र खड्काको टिमले जित हात पारेको छ भने सुमन विष्ट र शुरेश सुनारको टिम विच भएको खेलमा सुमन विष्टको टिमले जीतेको जिल्ला ब्याडमिन्टन संघ बझाङका सचिब जोशीले बताए । 

सोमबार विहान ६ बजे देखी खेल संचालन हुने उनको भनाई छ । सोमबार विहान पहिलो खेल डिवि विष्टको टिम र नरेन्द्र खड्काको टिम विच प्रतिशप्रदा हुने छ । खेलमा पहिलो हुने टिमलाई नगद ५ हजार प्रमाण पत्र मेडल, दोस्रो लाई नगद ३ हजार प्रमाण पत्र र मेडल र तेस्रो लाई नगद २ हजार प्रमाण पत्र सहित मेडल र उत्कृष्ट खेलाडीलाई नगद १५ सय सहित प्रमाण पत्र रहेको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग तथा  जिल्ला ब्याडमिन्टन संघ बझाङको आयोजनामा खेल संचालन गरिएको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष शिक्षा प्रेमी जोशिले बताए । 

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ खेल संचालन गरिएको होे । जिल्ला ब्याडमिन्टन संघ बझाङका अध्यक्ष जोशीको अध्यक्षतामा संचालन भएको कार्याक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र विशिष्ट अतिथी जयपृथ्वी नगरपालीका वडा नम्बर १० का अध्यक्ष दल बहादुर विष्ट रहेका थिए ।

केही बर्ष पहिला ब्याडमिन्टन खेल प्रति खास्सै चाँसो नराख्ने बझाङ जिल्लाका युवाहरु पछिल्लो समयमा यो खेल प्रति आकर्षण हुदै गएको अध्यक्ष जोशिले बताए । । उनले भने खेलमैदान अभावमा पनि यस्ता खेल प्रति आकर्षण पढ्नु सकारात्मक भएको र यस प्रति आफुहरु लागि परे पनि अन्य सरोकारवाल निकायहरु पनि खेल मैदान तथा कवर्डहल बनाउन पहल चाल्न आवष्यक रहेको बताए । प्रमुख अतिथी सुरेश सुनार पुरुष खेलाडी राम्रो भए पनि अब महिला खेलाडीहरु पनि जन्माउन पर्ने र महिलाहरुलाई पनि यस्तो खेलमा सहभागि गराउन आवष्यक रहेको बताए । खेल मंगलबार समापन हुने छ । 


Views: 257