27th June | 2019 | Thursday | 4:10:16 PM

सिटीलाई एकै सिजनमा तीन उपाधि

एजेन्सी   POSTED ON : जेठ ६, २०७६ (६:४३ AM)

सिटीलाई एकै सिजनमा तीन उपाधि

लण्डन । म्यानचेस्टर सिटीले एकै सिजनमा तीन घरेलु प्रतियोगिताको उपाधि जित्दै कीर्तिमान रचेको छ । शनिबार राति एफए कपको उपाधि उचालेसँगै सिटीले एकै सिजनमा तीन उपाधि उचाल्ने पहिलो इंग्लिस क्लब बनेको छ । सिटीले यसअघि यस सिजनमा प्रिमियर लिग र काराबाओ कपको पनि उपाधि उचालिसकेको छ ।

म्यानचेस्टर सिटीले योसँगै छैटौं एफए कपको उपाधि उचालेको हो । पोप गार्डिआवालाको प्रशिक्षकत्वमा सिटीले जितेको भने यो पहिलो एफए कपको उपाधि हो । २०१६ मा सिटीको प्रशिक्षकत्व सम्हालेका गार्डिआवालाले त्यसयता क्लबलाई ६ वटा उपाधि दिलाइसकेका छन् ।

सिटीले प्रिमियर लिग र एफए कपको उपाधि एकसाथ जितेको यो पहिलो पटक हो । यसअघि २००९–१० को सिजनमा चेल्सीले पनि प्रिमियर लिग र एफए कपको उपाधि जितेको छ ।

वेम्बलीमा भएको खेलमा वाटफोर्डलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै सिटीले एकै सिजनमा तीन उपाधि उचाल्ने उपलब्धि हासिल गरेको हो । सिटीको जितमा रहिम स्ट्रर्लिङ र गाब्रिअल जेससले समान २–२ तथा केभिन डि ब्राउनी र बेनार्डो सिल्भाले १–१ गोल गरे ।

खेलको २६औं मिनेटमा डेभिड सिल्भाले स्ट्रर्लिङको हेडर पासमा सुरुवाती गोल गरेका थिए । यस्तै ३८औं मिनेटमा जेससको अग्रता दोब्बर पारे । यस्तै ६१औं मिनेटमा ब्राउनीले जेससको पास सदूपयोग गर्दै तेस्रो गोल गरे ।

त्यसको ७ मिनेट वित्न नपाउँदै जेससले ब्राउनीको पासमा सिटीलाई अघि बढाए भने ८१औं र ८७औं मिनेटमा स्ट्रर्लिङको गोलसँगै सिटीले इतिहास कायम ग¥यो । यो जितसँगै सिटी एकै सिजनमा ५० खेलमा जित हात पार्ने टिम समेत बन्यो ।

सिटीका प्रशिक्षक पोप गार्डिआवालाले यो वर्ष आफ्ना लागि अविश्वसनीय रहेको बताए । उनले भने, ‘यो हाम्रा लागि अविश्वसनीय वर्ष रहृयो । सम्पूर्णलाई बधाई । खासमा खेलाडीलाई बधाई । उनीहरूका कारण नै हामीले यी उपाधि भिœयाउन सकेका हौं ।’

एफए कपको उपाधि उचालेसँगै सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले भने क्लब छाड्ने निर्णय गरेका छन् । कोम्पनीले आफ्नो पूरानो बेल्जियमको क्लब एन्डरलेन्टमा खेलाडी र प्रशिक्षकको नयाँ जिम्मेवारी लिने भएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा दुई खुला पत्र खेल्दै कोम्पनीले आफू क्लब छाड्न लागेको र नयाँ ठाउँमा जान लागेको खुलाएका हुन् ।

कोम्पनीले एन्डरलेन्टसँग खेलाडी र प्रशिक्षकका रूपमा रहने गरि ३ वर्षको सम्झौता गरेको उल्लेख गरेका छन् । डिफेन्डर कोम्पनीले एन्डरलेन्टमा २००३ देखि २००६ सम्म रहँदा ७३ खेल खेल्दै ५ गोल गरेका थिए ।

डिफेन्डर कोम्पनीले ११ वर्ष सिटीमा विताउँने क्रममा चार प्रिमियर लिग, दुई एफए कप र चार लिग कपको उपाधि उचालेका थिए । सो क्रममा उनले ३ सय ६० खेल खेल्दै २० गोल गरे । बेल्जियमका सेन्टर ब्याक कोम्पनी २००८ मा हमबर्गबाट सिटीसँग अनुबन्धित भएका थिए । त्यसको तीन वर्षपछि उनले क्लबको कप्तानीको जिम्मेवारी पाएका हुन् ।

अन्तिम पटक गत मे ६ मा लेस्टर सिटीविरुद्ध २५ यार्ड टाढाबाट सुन्दर गोल गरेका कोम्पनीले क्लब छाड्नेबारे आफूले कहिलै नसोचेको उल्लेख गरेका छन् । ‘सिटीले मलाई सबै थोक दियो र मैलेपनि सक्दो फर्काउने प्रयास गरे,’ उनले लेखेका छन्, ‘क्लब छाड्ने दिनका बारेमा मैले सोचेको थिएन् । आखिरीमा साच्चकै यो दिन पनि आयो जस्तो मलाई लागिरहेको छैन् ।’

कोम्पनीले अब नयाँ पुस्ताका लागि आफ्नो ज्ञान बाड्न चाहेका उल्लेख गरे । ‘म नयाँ पुस्तालाई आफ्नो ज्ञान बाड्न चाहान्छु,’ उनले लेखेका छन्, ‘बेल्जियममा पनि मैले म्यानचेस्टरको प्रभाव बाड्न सक्ने आशा छ ।’


Views: 134