23rd August | 2019 | Friday | 3:02:14 PM

पल्सर स्पोर्टस् अवार्ड असार तेस्रो साता

हिमालय टाइम्स   POSTED ON : जेठ १३, २०७६ (११:२७ AM)

पल्सर स्पोर्टस् अवार्ड असार तेस्रो साता

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको १६आंै संस्करण असारको तेस्रो साता आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको अवार्ड असार १७ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने मञ्चले जनाएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्थाले अवार्डको मिति सार्वजनीक गरेको हो । पत्रकार सम्मेलनमा मञ्च र अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलबीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्रयोजक संस्थाका निर्देशक अभिमन्यु गोल्छाले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार अवार्ड कार्यक्रमका लागि मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एण्ड कम्पनीले साढे २८ लाख रुपैयाँबराबरको नगद र जिन्सी उपलब्ध गराउनेछ । २०६० सालदेखि निरन्तर अवार्ड कार्यक्रम गर्दै आएको मञ्चले यस वर्ष एक विधा थप गर्दै १० विधामा अवार्ड वितरण गर्ने जनाएको छ । 

वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला खेलाडी, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई अवार्ड कार्यक्रममा सम्मानित गरिनेछ । यस वर्ष इन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको विधासमेत थप गरिएको छ ।

महिला र पुरुष वर्ष खेलाडी, युवा, प्रशिक्षक, पिपल्स च्वाइस र स्पेसल अवार्डका लागि खेलाडीको मनोनयन चाँडै सार्वजनिक गरिने मञ्चका महासचिव प्रज्ज्वल वलीले बताए । मञ्चका सचिव गोविन्द रेग्मी संयोजकत्वको खेलाडी छनोट समितिले विभिन्न विधाको मनोनयनमा पर्ने खेलाडीको सूची तयार पार्ने काम अन्तिम चरणमा पु¥याएको छ ।

लाइफटाइम, पारा र टिम अफ दि इयरको अवार्ड विजेता भने कार्यक्रमको दिन नै घोषणा गरिनेछ । वर्ष खेलाडीको पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षकको गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाईकल पाउनेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित गिफ्ट हृयाम्पर प्राप्त गर्नेछन् । प्रायोजक संस्थाका निर्देशक गोल्छाले सिंगो खेलकुद क्षेत्रलाई सम्मानित गर्ने अवार्ड कार्यक्रममा जोडिन पाउँदा खुशी लागेको बताए ।


Views: 131