19th September | 2019 | Thursday | 8:40:55 PM

पल्सर अवार्डलाई गोल्डस्टारको साथ

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७६ (१०:३२ AM)

पल्सर अवार्डलाई गोल्डस्टारको साथ

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने बजाज पल्सर स्पोर्टस् अवार्डसँग गोल्डस्टार जुत्ता जोडिएको छ । आगामी असार तेस्रो साता आयोजना हुने अवार्डका लागि गोल्डस्टार मुख्य सह (प्रायोजकको रूपमा जोडिएको हो ।

मञ्च र गोल्डस्टारको उत्पादक किरण सु म्यानुफ्याक्चरबीच आइतबार मुख्य सह(प्रायोजक (पावर्ड बाइ) को रूपमा सम्झौता भएको छ । किरण सु म्यानुफ्याक्चरकी विदुषी राणा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले एक वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सम्झौतासँगै गोल्डस्टारको उत्पादक किरण सु म्यानुफ्याक्चरले मञ्चलाई नगद १० लाख रुपैयाँ उपलब्ध गराउने छन् । यस्तै अवार्डका लागि मनोनयनमा परेका विभिन्न विधाका खेलाडी र विजेतालाई आफ्ना उत्पादन सामग्रीसहितको गिफ्टहृयाम्पर उपलब्ध गराउने छन् । काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने स्पोर्ट्स अवार्ड असार १७ गते आयोजना हुनेछ । मञ्चले यसपटक विभिन्न १० विधामा अवार्ड प्रदान गर्नेछ । 

पिपल्स च्वाइस अवार्डसँगै वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । यस वर्ष एक नयाँ विधा थप गरिएको छ । थप गरिएको विधामा इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड छ ।

वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट हृयाम्पर प्रदान गर्ने आयोजकले जनाएको छ ।

मञ्चले पिपुल्स च्वाइस अवार्ड विधाका लागि ५ खेलाडी मनोनित गरिसकेको छ । यस अवार्डका लागि मनोनित हुनेमा क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन छन् ।


Views: 137

सम्बन्धित सामग्री:

फिफा वरियतामा नेपालको सुधार

: आश्विन २, २०७६ (४:३५ PM)

लिभलरपुलको खराब सुरुवात

एजेन्सी : आश्विन २, २०७६ (१०:०८ AM)