23rd August | 2019 | Friday | 3:22:21 PM

युवराज सिंहद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

एजेन्सी   POSTED ON : जेठ २८, २०७६ (१०:५९ AM)

युवराज सिंहद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

मुम्बई । भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले संन्यासको घोषणा गरेका हुन् ।

भारतले सन् २००७ मा ट्वान्टी–ट्वान्टी विश्वकप र सन् २०११ मा एक दिवसीय विश्वकप क्रिकेट जित्दा उनी टिमका हिस्सा थिए । ३७ वर्षीय युवराजले आप्mनो अन्तिम एक दिवसीय क्रिकेट ३० जुन २०१७ मा वेस्टइन्डिजविरुद्ध खेलेका थिए । उनले अन्तिम टेस्ट म्याच डिसेम्बर २०१२ मा इंग्ल्याण्डविरुद्ध खेलेका थिए भने अन्तिम ट्वान्टी–ट्वान्टी म्याच १ फेब्रुअरी २०१७ मा इंग्ल्याण्डविरुद्ध नै खेलेका थिए । पछिल्लो दुई वर्ष उनले कुनै पनि फरम्याटको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् ।

युवराजले तीनवटा पारी आफ्नो जीवनमै अविस्मरणीय रहेको बताए । सन् २०११ मा विश्वकप जित्नु, सन् २००७ मा ट्वान्टी–ट्वान्टी क्रिकेट विश्वकपमा इंग्ल्याण्डविरुद्ध एकै ओभरमा ६ वटा छक्का प्रहार गर्नु र सन् २००४ मा लाहोरमा बनाएको आप्mनो पहिलो टेष्ट शतक अविस्मरणीय रहेको उनले बताए ।

संन्यासको घोषणा गर्दा निकै भावुक देखिएका उनले क्यान्सर रोग लाग्दा आकाशबाट जमिनमा खसेजस्तो अनुभव भएको जनाए । उनले भने, ‘तर त्यतिबेला मेरो परिवार र प्रशंसकले मलाई साथ दिए ।’


Views: 155