27th June | 2019 | Thursday | 3:43:44 PM

शिखर धवन घाइते

एजेन्सी   POSTED ON : जेठ २९, २०७६ (६:४४ AM)

शिखर धवन घाइते

लन्डन । इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेटमा भारतलाई झट्का लागेको छ । उसका प्रारम्भिक ब्याट्सम्यान शिखर धवन घाइते भएका कारण कम्तीमा तीन सातासम्म मैदानमा उत्रिने छैनन् । आइतबार अष्ट्रेलियाविरुद्धको खेलमा शतकीय पारी खेलेका उनी सोही म्याचमा घाइते भएका थिए । औंलामा चोट लागेका कारण उनले फिल्डिङसमेत गरेका थिएनन् । उनको स्थानमा भारतले रविन्द्र जडेजालाई फिल्डिङमा खटाएको थियो ।

भारतीय अधिकारीहरूका अनुसार शिखरको हातको औंला भाँचिएको छ । उनले कम्तीमा तीन सातासम्म खेल्न नसक्ने उनीहरूको भनाइ छ । शिखर धवन बाहिरिएपछि उनको स्थानमा कसलाई खेलाउने भन्नेबारे भारतीय क्रिकेट बोर्डले निर्णय लिइसकेको छैन । 

विश्लेषकहरूका अनुसार उनको स्थानमा प्रारम्भिक ब्याट्सम्यानका रूपमा केएल राहुललाई खेलाउने सम्भावना उच्च छ । उनलाई अघिल्ला खेलमा मध्यक्रममा ब्याटिङका लागि राखिएको थियो ।

राहुल प्रारम्भिक ब्याट्सम्यानका रूपमा रोहित शर्माका साथ मैदानमा उत्रिएको अवस्थामा भारतीय टिमले चौथो नम्बरमा खेलाउने ब्याट्सम्यानको विकल्प खोज्नुपर्ने हुन्छ । चौथो नम्बरमा ब्याटिङका लागि ऋषभ पन्त वा श्रेयस अयरमध्ये कोही एकले मौका पाउने अपेक्षा गरिएको छ ।


Views: 136