19th September | 2019 | Thursday | 9:19:58 PM

प्रधानमन्त्री कप महिला क्रिकेट असार ४ बाट

हिमालय टाइम्स   POSTED ON : जेठ ३०, २०७६ (१०:३७ AM)

प्रधानमन्त्री कप महिला क्रिकेट असार ४ बाट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा चौथो प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता असार ४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेश र एपीएफ क्लब गरी ८ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । हभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूह ‘ए’ मा एपीएफ, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा प्रदेश १, प्रदेश ३, प्रदेश २ र कर्णाली प्रदेश छन् ।

महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा महेन्द्रनगरमा हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार पाउने छन् । ‘वोमन अफ द सिरिज’ ले ३० हजार तथा उत्कृष्ट बलर र ब्याट्स वोमनले समान १५–१५ हजार नगद पुरस्कार पाउनेछन् । प्रत्येक खेलको ‘वोमन अफ द म्याच’ लाई २ हजार ५ सय नगदबाट पुरस्कृत गरिनेछ । ्रतियोगिता सञ्चालन गर्न करिब ८८ लाख रूपैयाँ खर्च हुनेछ । त्यसमा राखेपले ३५ लाख उपलब्ध गराउने छ भने नपुग रकम महाकाली स्पोर्ट्स सोसाइटीले जुटाउनेछ ।


Views: 203

सम्बन्धित सामग्री:

फिफा वरियतामा नेपालको सुधार

: आश्विन २, २०७६ (४:३५ PM)

लिभलरपुलको खराब सुरुवात

एजेन्सी : आश्विन २, २०७६ (१०:०८ AM)