24th July | 2019 | Wednesday | 9:06:05 AM

एएफसी कप खेल्न मनाङ बंगलादेशतर्फ

हिमालय टाइम्स   POSTED ON : असार ३, २०७६ (७:४१ AM)

एएफसी कप खेल्न मनाङ बंगलादेशतर्फ

काठमाडौं । एएफसी कप फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं खेल खेल्न नेपाली लिग च्याम्पियन टोली मनाङ मस्र्याङ्दी क्लब आज बंगलादेशको ढाका प्रस्थान गरेको छ । मनाङले अवे खेलमा यही असार ४ गते बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा अबहानीको सामना गर्नेछ । नेपाली लिग च्याम्पियन मनाङ बंगलादेशको लिग च्याम्पियन अबहानी लिमिटेडसँग जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ । यसअघि गत अप्रिलमा नेपालमा नै भएको खेलमा मनाङ अबहानीसँग १–० गोलअन्तरले पराजित भएको थियो । समूह ‘ई’ मा रहेको मनाङले यसअघि खेलेको चार खेलमा दुईमा बराबरी तथा दुई खेलमा पराजित भएको थियो । दुई अंक जोडेको नेपाल अंक तालिकाको अन्तिम स्थानमा छ । यता अबहानी भने चार खेलबाट सात अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । समान सात अंक नै जोडेको भारतको चेन्नायिन गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । त्यस्तै, मिर्नेभा पन्जाब चार अंकका साथ तेस्रो स्थानमा रहेको छ ।


Views: 111