10th December | 2019 | Tuesday | 2:06:51 AM

केनको शतकसँगै न्युजिल्यान्ड शीर्षमा

एजेन्सी   POSTED ON : असार ६, २०७६ (१०:५० AM)

केनको शतकसँगै न्युजिल्यान्ड शीर्षमा

लन्डन । कप्तान केन विलियम्सनले शतकसँगै इंग्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकालाई ४ विकेटले गर्दै न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ ।  रोमाञ्चक खेल न्युजिल्यान्डलाई अन्तिम ओभरमा ८ रन आवश्यक थियो । उक्त ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै केनलले टोलीलाई जित नजिक पु¥याउनुका साथै आप्mनो शतक पूरा गरे । त्यस्तै, तेस्रो बलमा चौका प्रहार गर्दै न्युजिल्यान्डलाई जित दिलाए ।

न्युजिल्यान्डको पाँच खेलमा यो चौथो जित हो । एक खेल भने उसको वर्षाले रद्द भएको थियो । ९ अंकसहित शीर्षमा रहेको न्युजिल्यान्डले सेमिफाइनल सम्भावना पनि बलियो बनाएको छ । 

वर्षाका कारण ४९ ओभरमा घटाइएको खेलमा दक्षिण अफ्रिकाले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

विलियम्सनले १ सय ३८ बल खेल्दै १ सय ६ रनको नटआउट पारी खेले । आफुनो वान डे करियरको १२औं शतक पूरा गरेका उनले ९ चौका र १ छक्का प्रहार गरे । आक्रामक ब्याटिङ गरेका अलराउन्डर कोलिन डी ग्रान्डहोमले ४७ बलमा ५ चौका र २ छक्कासहित ६० रन बनाए ।

३३ ओभरमा १३७–५ को स्थितिमा रहेको न्युजिल्यान्डलाई ग्राडहोम र विलियम्सनले छैटौं विकेटका लागि ९१ रनको साझेदारी गर्दै जित नजिक पु¥याएका थिए । उनीहरूसँगै ओपनर मार्टिन गुप्टिलले ३५ रन जोडे । उनले ५९ बलमा ५ चौका प्रहार गरे । दक्षिण अफ्रिका लागि क्रिस मोरिसले ३ विकेट हात पारे । कागिसो रबाडा, लुन्गी निडी र एन्डिलो फहवकुलोको नाममा समान १ विकेट रहृयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ४९ ओभरमा ६ विकेटको क्षतिमा २ सय ४१ रन बनाएको थियो । ओपनर क्विटन डी ककलाई ५ रनमै गुमाएको दक्षिण अफ्रिकाका लागि रस्सि भान डर दुसेनले ६७ रनको योगदान दिए । ६४ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै, अर्का ओपनर हासिम अमलाले ५५ रनको योगदान दिए । अमलाले ८३ बलमा ४ चौका प्रहार गरे । त्यसबाहेक फाफ डु प्लेसिसले २३ रन, डेभिड मिलरले ३६ तथा एडेन मार्करामले ५५ बलमा ४ चौका ३८ रन बटुले ।

पाँचौं विकेटका लागि रस्सि भार दुसेन र डेबिड मिलरले ७२ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको इनिङ केही उकासेका थिए । न्युजिल्यान्डका लागि ल्योकी फग्र्युसनले १० ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । टेन्ट्र बोल्ट, कोलिन डी ग्रान्डहोम र मिचेल सास्टनरले समान १ विकेट हात पारे ।

यो हारसँगै दक्षिण अफ्रिकाको सेमिफाइनलमा पुग्ने सम्भावना कठिन बनेको छ । दक्षिण अफ्रिकाले ६ खेलमा ४ मा हार र १ खेलमा मात्रै जित हात पार्न सकेको छ ।

जितपछि न्युजिल्यान्डका कप्तान केन विलियम्सनले आपूmले सक्दो राम्रो खेल्ने प्रयास मात्रै गरेको बताए । ‘यो सक्दो राम्रो खेल्ने प्रयास मात्रै थियो,’ उनले भने, ‘टोलीमा सबैले योगदान दिएका छन् । त्यसमध्ये केही मेरो पनि रहृयो ।’


Views: 164