20th July | 2019 | Saturday | 8:36:52 AM

विश्वकपबाट बाहिरियो दक्षिण अफ्रिका

एजेन्सी   POSTED ON : असार १०, २०७६ (७:३४ AM)

विश्वकपबाट बाहिरियो दक्षिण अफ्रिका

लण्डन । उपाधि दाबेदार मानिएको दक्षिण अफ्रिका क्रिकेट विश्वकप–२०१९ बाट बाहिरिएको छ । सातौं खेलमा आइतबार राति पाकिस्तानसँग पराजित भएसँगै दक्षिण अफ्रिका बाहिरिएको हो ।

दक्षिण अफ्रिकाले ७ खेलमा १ खेलमा मात्रै जित हात पार्न सक्यो । त्यसबाहेक ५ खेलमा हार व्यहोरेको दक्षिण अफ्रिका २ खेल खेल्न बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

पाकिस्तानले भने दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गर्दै सेमिफाइनल सम्भावना कायमै राखेको छ । ६ खेल खेलेको पाकिस्तान ५ अंकसहित सातौं स्थानमा छ । उसले २ खेलमा जित र ३ खेलमा हार व्यहोरेको छ ।

लड्र्समा आइतबार भएको खेल प्रतियोगितामा रहिरहन दुवै टोलीले जित्नै पर्ने अवस्था थियो । पाकिस्तानले दिएको ३ सय ९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रनमात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि कप्तान फाप डु प्लेसिसले ६३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । ७९ बल खेलेका उनले ५ चौका प्रहार गरे । यस्तै दक्षिण अफ्रिकाका लागि क्विण्टन डी ककले ४७, अण्डिले फिल्हुकायोले ४६ रन बनाए । ३२ बलमा आक्रामक इनिङ खेलेका अण्डिले ६ चौका प्रहार गरेका थिए ।

त्यस्तै भान डेर डुसेनले ३६ तथा डेभिड मिल्लरले ३१ रन जोडे । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न पाकिस्तानका शादब खान र वाहब रियाजले ३–३ विकेट लिए । यस्तै मोहमद आमिरले २ विकेट लिए ।

मोहम्मद आमिरले दोस्रो ओभरको पहिलो बलमा नै हासिम अमलालाई २ रनमा एलबिडब्लुको सिकार बनाए । तर, दोस्रो विकेटका लागि क्विन्टन डी कक र डु प्लेसिसले ८७ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको इनिङ उकासेका थिए ।

तर २० ओभरको दोस्रो बलमा सादब खानले इमाम उल हकबाट क्याच आउट गराउँदै डी ककलाई आउट गरेपछि दक्षिण अफ्रिकाले मध्यक्रममा राम्रो खेल्न सकेन् । रस्सि भान डर दुसेनलाई ४० ओभरको चौथो बलमा सादब खानले मोहम्मद हफिजबाट ३६ रनमा क्याच आउट गराए । लगत्तै अर्को ओभरमा शाहिन शाह अफ्रिदीले डेविड मिलरलाई ३१ रनमा बोल्ड पछि दक्षिण अफ्रिकाले पुनरागमन गर्न सकेन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले हरिस सोइलको आत्राmमक ८९ रनको पारीमा ७ विकेट गुमाएर ३ सय ८ रन बनाएको थियो । हरिशले ५९ बलमा ३ छक्का र ९ चौका प्रहार गरे । यस्तै बाबर आजमले ६९ रन जोडे ।

यस्तै फकर जमान र इमाम उल हकले समान ४४–४४ रनको योगदान गरेपछि पाकिस्तानले विजयी रन जोडेको हो । दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट तथा इमरान ताहिरले २ विकेट हात पारे । दक्षिण अफ्रिकाले अब प्रतिष्ठाको खेलमा श्रलिंकासँग खेल्नेछ । यस्तै सेमिफाइनल सम्भावना मजबुद गर्न पाकिस्तानले आगामी बुधबार न्युजिल्याण्डसँग जित्नुपर्नेछ ।

प्रतियोगिताबाट बाहिरिएपछि दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले निराशा व्यक्त गरे । ‘यो निकै निराशाजनक क्षण हो,’ उनले भने, ‘हामीले एउटै गल्ती बारम्बार दोहो¥यायौं । त्यो गल्ती बलिङबाटै सुरु भयो । हामीले औषतभन्दा पनि राम्रो प्रदर्शन गर्न सकेनौं ।’

पाकिस्तानका कप्तान सर्फराज अहमदले आक्रामक ब्याटिङ गरेका हरिस सोइलको प्रदर्शनको प्रंशशा गरे । ‘हामीले टोलीमा परिवर्तन गर्दै हरिसलाई ल्याएका थियौं । उनी खेल्न निकै आतुर थिए । उनको प्रदर्शनले ने खेल परिवर्तन गरिदियो ।’


Views: 106