7th December | 2019 | Saturday | 1:40:14 PM

हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन

  POSTED ON : असार २४, २०७६ (१२:५९ PM)

हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन

काठमाडौं । एसिसी यू–१९ पुर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा हङकङलाई हराउँदै नेपाल च्याम्पियन भएको छ ।

 उपाधिका लागि नेपाल र हङकङ बीच भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा आज भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटिएको थियो । हङकङका आठ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली दुई विकेट गुमाएको थियो । आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै रौनक कपुरले १२ रन जोडे । हङकङलाई सस्तैमा समेट्न क्रममा नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए भने कमल सिंह ऐरीले तीन तथा कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट झारेका थिए ।

९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थिए । पवनले ३६ बलमा ५ चौका र १ छक्काको मदतले ३९ रन बनाएका थिए । खड्ग बहादुर बोहरा ८ रनमा पोविलियन फर्किए । 

उपाधि सहित एसिया कपमा छनोट नेपालले टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछ ।


Views: 159

सम्बन्धित सामग्री: