6th December | 2019 | Friday | 6:18:38 AM

नेपालको पहिलो प्रतिद्वन्द्वी पाकिस्तान

हिमालय टाइम्स   POSTED ON : श्रावण २४, २०७६ (११:१६ AM)

नेपालको पहिलो प्रतिद्वन्द्वी पाकिस्तान

काठमाडौं । दक्षिण एसियाली फुटबल (साफ) को यु–१८ फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो प्रतिद्वन्द्वीका रूपमा पाकिस्तान पाएको छ । बंगलादेशका ढाकामा रहेको साफको मुख्यालयमा बिहीबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को खेल मैदान नेपालले पहिलो खेल असोज ३ गते खेल्नेछ ।

यस्तै साविक विजेता नेपालले दोस्रो खेल असोज ५ गते माल्दिभ्ससँग तथा समूहको अन्तिम खेल असोज ७ गते भुटानसँग खेल्नेछ । यस्तै समूह ‘बी’ मा भारत, श्रीलंका र बंगलादेश छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनल खेल असोज १२ गते हुनेछ । प्रतियोगिता असोज ३ देखि १२ गतेसम्म चल्नेछ ।

सशस्त्र प्रहरी बलको मैदान हल्चोकमा आयोजना हुने प्रतियोगिताका लागि नेपाली टिमले आइतबारबाट तयारी सुरु गरिसकेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रारम्भिक चरणमा ४६ खेलाडीलाई बोलाएका छन् । नेपाली टोलीको गोलरक्षकमा विशाल सुनार, रोहित कार्की, निशान खड्का, पुजन होना, आकाश रानाभाट र सूर्य अधिकारी, डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोहन दोङ, युवेश थापा, विश्रान्त बस्नेत, एरिक लिम्बू, एन्जल महर्जन, राजु पण्डित र विशाल राई छन् ।

यस्तै मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, रन्जन पुन, आकाश बुढामगर, रेजिन माझी, सञ्जीव लामा, जया गुरुङ, मनिष थापा, कुशस पौडेल, आदित गुरुङ, श्यामु मुर्मु, सञ्जु श्रेष्ठ, सम्राट सुनुवार, रोहन कार्की, मौसम सुब्बा र स्ट्राइकरमा ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, कार्लाेस वखरिया, दर्शन गुरुङ, अभिषेक श्रेष्ठ, सञ्जु सेन, क्रितिस रत्न छञ्जु र मनिष डाँगी छन् ।

यस्तै भारतमा आयोजना हुने साफ यु–१५ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, बंकलादेश र भुटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल आगामी भदौ ४ गते हुन प्रतियोगिता उद्घाटन समारोहमा भारतसँग भिडने भएको छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते श्रीलंकासँग खेल्नेछ भने १० गते बंकलादेशसँग र १२ गते भुटानसँग खेल्नेछ । 


Views: 96