6th December | 2019 | Friday | 6:46:10 AM

भिसा नदिएको अमेरिकाले सन्दीपलाई फेरि बोलायो दूतावास

  POSTED ON : श्रावण २८, २०७६ (१:४७ PM)

 भिसा नदिएको अमेरिकाले सन्दीपलाई फेरि बोलायो दूतावास

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाले प्रवेशाज्ञा (भिसा) दिन अस्विकार गरेको छ । जसलाई सन्दीपले हेलो सरकारमार्फत गुनासो समेत गरेका छन् ।

क्यारेबियन प्रिमियर लिगको तयारीका लागि सबै प्रक्रिया पूरा गर्दा पनि भिसा नपाएको उनको गुनासो छ । ‘क्यारेबियन प्रिमियर लिगमा जानका लागि अमेरिकन भिसा लिन दूतावास गएको थिएँ, राष्ट्रिय खेलाडी र २०१६ देखि अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज क्रिकेटहरुमा सहभागी भइरहेको छु । 

अहिले सिपिएलमा सहभागी हुन जानका लागि दूतावास जाँदा मेरो भिसा अस्वीकृत हुनाले अचम्ममा परेको छु,’ मंगलबार सन्दीपले ट्विटमार्फत भनेका छन्।

यसैबीच काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ । 

घटनाक्रमलाई हेर्दा उसले आफ्नो गल्ति स्वीकारगर्दै भिसा दिन सक्ने अनुमान गरिएको छ ।



Views: 163