15th September | 2019 | Sunday | 8:53:39 PM

एसीसी यू–१९ एसिया कप – नेपाल पराजित

  POSTED ON : भदौ २०, २०७६ (६:१२ PM)

एसीसी यू–१९ एसिया कप – नेपाल पराजित

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

कोलम्बोमा शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल पद्दतिको आधारमा ५ विकेटले पराजित भएको हो ।

आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले दिएको १६० रनको सामान्य लक्ष्य श्रीलंकाले ३३ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

खेलको ९ ओभर चलिरहदा वर्षाको कारण खेल रोकिएपछि ४२ ओभरमा खेल झारिएको थियो ।

श्रीलंकाको जितमा कमिल मिश्राले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अहान विक्रमसिंगेले ३० तथा अभिस्का थारिन्दुले अविजित २५ रन बनाए । कप्तान निपुन धनन्जयले १८ र रशान्था डी सिल्भाले १५ रन बनाए  । नेपालका राशिद खानले २ विकेट लिए । पवन सरार्फ, कमल सिंह ऐरी र सागर ढकालको नाममा एक एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ४२ ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

नेपालको सम्मान जनक स्कोरमा रित गौतमले अर्धशतकीय इनिङ्स खेले । रितले नेपालका लागि ८६  बलमा सर्वा्धिक ५४ रन बनाए ।

यस्तै कप्तान रोहित कुमार पौडेलले ४७ रन बनाए । त्यस्तै राशिद खानले १५ तथा हरि बहादुर चौहानले १२ रन जोडेका थिए । नेपाललाई सस्तैमा रोक्न श्रीलंकाका दिल्सान मधुशनका र नाभोद दिनुसरीले ३र३ विकेट लिए ।

जितसंगै समूह ’बी’ को श्रीलंकाले २ अंक जोडेको छ । नेपालले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

अब नेपालले दोस्रो खेलमा आइतबार बंगलादेशसँग खेल्नेछ । यस्तै नेपालले अन्तिम खेलमा मंगलबार युएईसँग खेल्नेछ ।


Views: 68

सम्बन्धित सामग्री:

एनओसीकोे निर्वाचन शनिबार

: भदौ २६, २०७६ (१:४१ PM)