15th September | 2019 | Sunday | 8:35:03 PM

यु–१९ एसिया कपः नेपाल बाहिरियो

हिमालय टाइम्स   POSTED ON : भदौ २३, २०७६ (१०:३५ AM)

यु–१९ एसिया कपः नेपाल बाहिरियो

काठमाडौं । लगातार दोस्रो हारसँगै नेपाल श्रीलंकामा जारी एसिसी यु–१९ एसिया कपबाट बाहिरिएको छ । शुक्रबार श्रीलंकासँग ५ विकेटले पराजित नेपाल आइतबार बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो । 

प्रतियोगितामा नेपाल समूह बीमा थियो । चार राष्ट्र रहेका समूह बीका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान थियो । लगातार दुई खेलमा जित हात पारेका समूह बीका बंगलादेश र श्रीलंका शीर्ष दुईमा रहँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । सुरुवाती दुवै खेलमा पराजित नेपाल र युएई भने समूह चरणबाटै बाहिरिएका छन् । 

बंगलादेशलाई २ सय ६२ रनको लक्ष्य दिए पनि नेपालले लक्ष्य रक्षा गर्न सकेन् । बंगलादेशले ४ बल बाँकी रहँदा ४ विकेट गुमाएर लक्ष्य भेटाएको थियो । बंगलादेशका कप्तान अकबर अलीले ९८ रनको पारी खेल्दै बंगलादेशलाई समूहको शीर्षमा राख्दै सेमिफाइनलमा पु¥याए । ८२ बल खेलेका अलीले १४ चौका प्रहार गरे ।

अलीसँगै बंगलादेशका टोविद हृदयोले ६० तथा सिमिम होसनले ४२ रनको पारी खेले । नेपालका कमलसिंह ऐरीले २ तथा रासिद खान र हरिबहादुर चौहानले २–२ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पवन सर्राफ र सन्दीप जोराको अर्धशतकीय पारीमा ८ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो ।

मध्यक्रमका सन्दीपले ३७ बलमा ३ छक्का र ३ चौकासहित ५६ रनको अर्धशतकीय पारी खेलेपछि नेपाल सो स्कोरमा पुगेको थियो । सन्दीपले र भीम सार्कीसँग् छैटौं विकेटका लागि ४७ बलमा ७१ रनको साझेदारी गरेका थिए । 

त्यसअघि ओपनर पवन सर्राफले ८१ रनको पारी खेल्दै नेपाललाई सोलिड सुरुवात दिलाएका थिए । पवन र रितबीच पहिलो विकेटका लागि ४५ रनको साझेदारी भएको थियो । रितले ३२ रन जोडे । यस्तै कुशल मल्लले ३ छक्का र १ चौकासहित २८ रन जोडे । भीम सार्कीले २१ रन जोडे । बंगलादेशका हसन सकिब र साहन आलमले २–२ विकेट लिए । नेपालले समूहको अन्तिम खेल अब मंगलबार युएईसँग खेल्नेछ । 


Views: 64

सम्बन्धित सामग्री:

एनओसीकोे निर्वाचन शनिबार

: भदौ २६, २०७६ (१:४१ PM)