19th October | 2019 | Saturday | 8:12:23 PM

लिभलरपुलको खराब सुरुवात

एजेन्सी   POSTED ON : आश्विन २, २०७६ (१०:०८ AM)

लिभलरपुलको खराब सुरुवात

लण्डन । साबिक विजेता लिभरपुल युरोपियन च्याम्पियन्स लिगको पहिलो खेलमै स्तब्ध बनेको छ । मंगलबार राति भएको समूह ई को खेलमा प्रिमियर लिग क्लब लिभरपुल इटालियन क्लब नेपोलीसँग २–० गोल अन्तरले पराजित भएको हो ।

अन्तिम १० मिनेटमा सम्हालिन नसक्दा लिभरपुल पराजित हुन पुग्यो । नेपोलीका लागि ८२औं मिनेटमा डारिज मार्टिनेज र ९२औं मिनेटमा फर्नान्डो लोरेन्टीले गोल गरेका थिए ।

जोसे कालिजोनलाई लिभरपुरका डिफेन्डर एण्डी रोबर्टसनले डी बक्सभित्र फउल गरेपछि पाएको पेनाल्टीमा बेल्जियमका फरवार्ड मार्टिनेजले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । इञ्जुरी समयमा भिर्गिल भान डाइकको गल्तीको फाइदा उठाउँदै पूर्व– टोटनहमका खेलाडीसमेत रहेका लोरेन्टीले दोस्रो गोल गरेका थिए ।

प्रतियोगिता जितेपछि अर्को सिजनको पहिलो खेल हार्ने लिभरपुल १९९४ पछिको क्लब बनेको छ । त्यसबेला एसी मिलानले प्रतियोगिता जितेलगत्तै अर्को सिजनमा भने पहिलो खेल गुमाएको थियो ।

सान पाउलो स्टेडियममा लिभरपुलका गोलकिपर एन्ड्रियनले दुई मुख्य प्रहारको बचाएका थिए । मुख्य गोलकिपर अलिसनको अनुपस्थितिमा पोस्ट सम्हालिरहेका उनले फाबियन रियाज र मार्टिनेजको प्रहार बचाएका थिए ।

नेपोलीका गोलकिपर अलेक्स मेरिटले पनि मोहम्मद सलाह र साडियो मानेको प्रहार जोगाएका थिए । तर, प्रिमियर लिगको ५ खेल सकिँदा ३ खेल प्रतिखेलका दरले गोल गर्दै शीर्षमा रहेको लिभरपुलले उपाधि रक्षाको अभियानमा भने खराब सुरुवात गरेको छ । लिभरपुलका प्रशिक्षक योगर्न क्लोपले अझै अवसरहरू पाएका यस खेलको नतिजालाई सामान्य रूपमा लिएको बताए । ‘यस खेलले खासै चोट पु¥याएन । किनकि हामीसँग अझै थुप्रै खेलहरू छन् । उनीहरूले पाएको पेनाल्टी थिएन भन्नेमा म स्पष्ट छु । मार्टिनेज कसैको सम्पर्क हुनुअघि नै लडेका थिए । हामीले राम्रो फुटबल खेले पनि त्यसलाई समाप्त पार्न सकेनौं ।

चेल्सी पराजित

यस्तै, च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति नै भएको खेलमा अर्को इङ्लिस क्लब चेल्सी पराजित भएको छ । रोस बार्कलीले पेनाल्टीमा गोल गर्न नसकेपछि चेल्सी पहिलो खेलमा भ्यालेन्सियाविरुद्ध घरेलु मैदान स्टामफोर्ड ब्रिजमा १–० ले पराजित भएको हो । भ्यालेन्सियाको जितमा रोड्रिगोले ७४ औं मिनेटमा गोल गरेका थिए । फ्रांक लाम्पार्डले खेलाडीका रूपमा चेल्सीबाट २०१२ मा च्याम्पियन्स लिगको उपाधि जितेका थिए । यसपटक भने प्रशिक्षकको रूपमा टोली सम्हालिरहेका उनलाई पहिलो खेलमै झट्का लाग्यो । अन्तिम चार मिनेटमा चेल्सीले पेनाल्टीमार्फत बराबरी गोल फर्काउने अवसर पाएको थियो । तर, वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका बार्कलीको प्रहार माथिल्लो पोलमा लाग्दै फर्कियो । 

बार्सिलोना हारबाट जोगियो

बार्सिलोना । गोलकिपर मार्क अन्द्रे टेर स्टेगेनले मार्को रुइसले पेनाल्टीसँगै रिबाउन्डमा आएको बललाई पनि रोकेपछि च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति सिजनको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोना बरुसिया डर्टमुन्डसँग गोलरहित बराबरीमा रोकिएको छ । दोस्रो हाफको ५७ औं मिनेटमा बार्सिलोनाका नेल्सन सेमेडोले जेडन साञ्चोलाई लडाएपछि डर्टमुन्डले पेनाल्टी पाएको थियो । रुइसले पोष्टको बायाँतर्फको तल्लो भागमा गरेको प्रहारलाई स्टेगनले डाइभ हान्दै पन्च गरेका थिए । लगत्तै रिबाउण्डमा आएको बललाई पनि समाप्दै उनले दोस्रोपटक गोल हुनबाट जोगाए ।

डर्टमुण्डका जुलियन ब्रान्र्डटले अन्तिम समयमा स्टेगेनलाई उछिन्दै गरेको प्रहार पनि पोलमा लाग्दै फर्किएपछि बार्सिलोना पुनः भाग्यमानी बन्यो । पहिलो हाफमा स्टेगनले रुइसको अर्को प्रहार पनि बचाएका थिए ।

खेलमा बार्सिलोनाका लागि १६ वर्षीय अन्सु फातीले डेब्यु गर्दै कीर्तिमान राखे । १६ वर्ष ३ सय २१ दिनमा च्याम्पियन्स लिग खेल्ने उनी बार्सिलोनाका सबैभन्दा कान्छा खेलाडी बने । यसअघि बोजानले १७ वर्ष २२ दिनको उमेरमा खेलेका थिए । च्याम्पियन्स लिग इतिहासमै भने उनी तेस्रा कान्छा हुन् । 

उनकै स्थानमा दोस्रो हाफमा कप्तान लिओनेल मेस्सी मैदान प्रवेश गरेका थिए । यस सिजनमा उनको यो पहिलो खेलसमेत हो । चोटका कारण यसअघि यस सिजनमा उनी सवै खेलमा विश्राममा थिए । 

बार्सिलोनाले सन् २००९–१० पछि पहिलोपटक च्याम्पियन्स लिगको पहिलो खेलमा गोल गर्न सकेन । यस नतिजासँगै समूह चरणमा पछिल्लो १४ खेलमा जर्मन टोलीविरुद्ध अपराजित रह्यो । 

यस्तै, डच क्लब आयाक्सले मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब लिलीलाई ३–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा आयाक्सलाई जित दिलाउन एन्टोन प्रोमेस, एड्सन अल्भारेज र निकोलस टाग्लियाफिकोले एक÷एक गोल गरे ।

अन्य नतिजामा इन्टर मिलानले स्लाभिया पाराग्वे, लियाने र जेनित सेन्ट पिटर्सवर्ग १–१ को बराबरीमा रोकिएका छन् । रेडबुल साल्जवर्गले गेन्कलाई ६–२ ले र बेन्फिकालाई लेजिङले २–१ पराजित गरेको छ । 


Views: 111