19th October | 2019 | Saturday | 8:11:25 PM

नेपालको फिफा बरियता सुधार

हिमालय टाइम्स   POSTED ON : आश्विन ३, २०७६ (९:४० AM)

नेपालको फिफा बरियता सुधार

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) बरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा थियो । दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४औँ स्थानमा छ भने माल्दिभ्स १५३औँ स्थानमा छ । 

त्यसैगरी नेपालभन्दा तल रहेको भूटान १८५औँ स्थानमा रहँदा बङ्गलादेश १८७औँ स्थानमा छ । श्रीलंका २०२औँ स्थानमा छ भने पाकिस्तान २०३औँ स्थानमा रहेको छ । विश्व बरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् । त्यसैगरी इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौँ, उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएसिया आठौँ, कोलम्बिया नवौँ र अर्जे्न्टिना दशौँ स्थानमा छन् । 


Views: 131