19th October | 2019 | Saturday | 8:29:24 PM

यू–१८ च्याम्पियनसिप – नेपाल समूह चरणबाट बाहिरियो

  POSTED ON : आश्विन ७, २०७६ (६:२८ PM)

यू–१८ च्याम्पियनसिप – नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौं । साविक विजेता नेपाल घरेलु भूमिमा जारी तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।

समूह चरण अन्तर्गत मंगलबार भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेल्दै अंक बाडेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

समूह ’बी’ मा रहेको नेपाललाई सेमिफाइनलमा पुग्न भुटानले ३/० को जित निकाल्नु पर्ने आवश्यकता रहेको थियो । तर, दोस्रो रोजाईका १० खेलाडीसहित मैदान उत्रिएको भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल बाहिरिएको हो ।

नेपाल बाहिरिनुको मुख्य कारण भुटानसँगको लजास्पद हार रह्यो । पहिलो खेलमा माल्दिभ्ससँग १/१ गोलको बराबरी खेलेको नेपालले दोस्रो खेलमा भुटानसँग ३/० को हार व्यहोरेको थियो । नेपाललाई त्यहिँ हारले अघिल्लो चरण पुग्नबाट रोकेको थियो ।

नेपालले समूह चरणको २ खेलमा मात्र १ अंक जोड्यो । र, नेपाल पुछारमा रह्यो । ४ अंक जोडेको भुटान समूह विजेता र २ अंक जोडेको माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । 

नेपालले यस अघि दुवै संस्करणको उपाधि जितेको थियो । घरेलु भूमिमा भएको पहिलो संस्करण र भुटानमा भएको दोस्रो संस्करण नेपालले जितेको थियो ।


Views: 158