20th February | 2020 | Thursday | 11:01:45 AM

रोनाल्डो र मेस्सीबारे माउरिन्होको सटिक विश्लेषण

एजेन्सी   POSTED ON : आश्विन २७, २०७६ (१०:०८ AM)

रोनाल्डो र मेस्सीबारे माउरिन्होको सटिक विश्लेषण

लण्डन  । फुटबल प्रशिक्षक जासे माउरिन्होले विश्वका दुई सर्वश्रेष्ठ खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई सम्बन्धित शब्द दिएका छन् । उनले मेस्सीलाई जादु र रोनाल्डोलाई गोलको संज्ञा दिएका हुन् । 

उनले रोनाल्डोका लागि गोल शब्द उपयुक्त हुने र रोनाल्डोका चीरप्रतिद्वन्दी मेस्सीलाई जादुको रुपमा ब्याख्या गरेका छन् ।  माउरिन्हो स्पेनिस महारथी क्लब रियल मड्रिडमा रहदाँ रोनाल्डोसंग काम गरेका थिए । दुवैले स्पेनमा सफल सिजन बिताएका थिए । लगत्तै उनी लण्डन क्लब चेल्सीमा फर्किएका थिए । 

लण्डन फर्किएलगत्तै माउरिन्होले प्रिमियर लिगको उपाधि उचालेका थिए । उनले लण्डन शहरलाई जोशको रूपमा व्याख्या गरेका छन् । उनले चेल्सीका पुर्व फरवार्ड डिडियर ड्रोग्बालाई लिजेण्डको रूपमा व्याख्या गरेका छन् । प्रिमियर लिगमा चेल्सीलाई सफलता दिलाउन ड्रोग्बाले महŒवपूर्ण योगदान दिएका थिए । माउरिन्हो सुरुवाती चरणमा चेल्सीमा रहदाँ ड्रोग्बा उनका प्रिय खेलाडी थिए । उनले आफ्ना प्रिय खेलाडी माईकल एसियनलाई छोरा शब्द दिएका छन् भने डिएगो कोस्टालाई जनावर भनेका छन् ।


Views: 91