24th February | 2020 | Monday | 9:13:03 AM

मुस्कानसँग पारसको भेट

हिमालय टाइम्स   POSTED ON : आश्विन ३०, २०७६ (९:५४ AM)

मुस्कानसँग पारसको भेट

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, प्रशिक्षक उमेश पटुवाल तथा खेलाडीहरूले एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई भेटेका छन् । मंगलबार राष्ट्रिय टोलीको कप्तानबाट राजिनामाको घोषणा गरेका पारसले बुधबार खातुनलाई उनी उपचरार्थ कीर्तिपुर अस्पतालमै गई भेटेका हुन् ।

पारस सहित मुस्कानलाई प्रशिक्षक उमेश पटवाल, सोमपाल कामी, अभिनाष बोहोराले कीर्तिपुर अस्पताल पुगेर भेटेका थिए । भेटपछि पारसले तस्वीर पोष्ट गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘मुस्कान हामी सबैका लागि प्रेरणाकी स्रोत हुन् । पीडाका बाबजुद पनि मुस्कुराउने शक्ति भगवानबाट उनलाई प्राप्त होस् । घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नुपर्दछ । हामी सबै मुस्कानका साथमा छौं ।’ 

गत महिना मुस्कानलाई वीरगञ्जका स्थायी दुई किशोरले एसिड प्रहार गरेका थिए । पारस खड्का बेला बेला सामाजिक कार्य तथा प्रेरणात्मक काममा सक्रिय देखिने गर्छन् ।


Views: 146