20th February | 2020 | Thursday | 10:05:46 AM

एम्बाप्पे चम्कँदा पिएजसीको जित

एजेन्सी   POSTED ON : कार्तिक ७, २०७६ (१०:०६ AM)

एम्बाप्पे चम्कँदा पिएजसीको जित

पेरिस । दोस्रो हाफमा परिवर्तित खेलाडीका रूपमा मैदान छिरेका केलियन एम्बाप्पे चम्केपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा बेल्जियन क्लब ब्रगमाथि ५–०को फराकिलो जित निकालेको हो ।

यो जितसँगै पिएसजीले नकआउट चरणको सम्भावना पनि बलियो बनाएको छ । पिएसजीको फराकिलो जितमा एमबाप्पेको हृयाट्रिक तथा मोउरो इकार्डीले दुई गोल गरे । हृयाट्रिक गरेका एम्बाप्पे २० वर्षको उमेरमा च्याम्पियन्स लिगमा १५ गोल गर्ने युवा खेलाडीसमेत बने । ५२औं मिनेटमा मैदान छिरेका एम्बाप्पले त्यसपछि हृयाट्रिक गरेका हुन् । 

जितसँगै समूह ‘ए’ मा अपराजित रहेको पिएसजीले ३ खेलबाट ९ अंक जोडेको छ । क्लब ब्रग २ अंक जोडेर तेस्रो स्थानमा छ । रियाल म्याड्रिड ४ अंक जोडेर दोस्रो तथा गालाटासारे १ अंक जोडेर पुछारमा छ ।

रियलको कठिन जित

प्रतियोगिताअन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा टोनी क्रुसको एकमात्र गोलमा स्पेनिस क्लब रियल म्याड्रिडले गालाटासारेमाथि १–० को कठिन जित निकालेको छ । टर्क टेलिकोम स्टेडियम इस्तानुबलमा भएको खेलको १८ मिनेटमा क्रुसले निर्णायक गोल गरेका थिए । 

जितसँगै रियल ३ खेलबाट ४ अंक जोडेर समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लिएको छ । अपराजित रहेको पिएसजीले ३ खेलबाट ९ अंक जोडेको छ । क्लब ब्रग २ अंक जोडेर तेस्रो स्थानमा छ । गालाटासारे १ अंक जोडेर पुछारमा छ ।

युभेन्ट्सको पुनरागमन

यस्तै अर्को खेलमा इटालियन क्लब युभेन्टसले रसियन क्लब लोकोमोटिभ मस्कोमाथि २–१ को पुनरागमन जित हात पारेको छ । खेलको ३०औं मिनेटमा एलेक्से मिरनचुकले गोल गरेपछि युभेन्ट्सपछि परेको थियो । डर पाउलो डिबालालाले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै युभेन्टसलाई पुनरागमन जित दिलाए ।

७७औं मिनेटमा पाउलो डिब्यालाले जुवान कोर्डाडोको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि एलेक्स सान्द्रोको पासमा डिब्यालाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाए ।

जितसँगै युभेन्टस समूह ‘डी’ ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ७ अंक रहे पनि एट्लेटिको मड्रिड शीर्षस्थानमा छ । ३ अंकसहित मस्को ३ अंक जोडेर तेस्रो तथा बायर लिभरकुसेन अंकविहीन हुँदै पुछारमा छ । यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले जर्मन क्लब बायर लिभरकुसेनमाथि १–० को जित निकाल्दै महŒवपूर्ण ३ अंक जोड्न सफल भयो ।


Views: 109