21st February | 2020 | Friday | 10:45:20 AM

सन्दीप सर्वाधिक राष्ट्रमा

हिमालय टाइम्स   POSTED ON : कार्तिक १५, २०७६ (१०:१९ AM)

सन्दीप सर्वाधिक राष्ट्रमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने सर्वाधिक धेरै राष्ट्रमा क्रिकेट खेलाडी बनेका छन् । क्रिकेट मन्थ्ली म्यागेजिनले निकालेको रिपोर्टअनुसार नेपाली युवा लेग स्पिनर सन्दीप टी–ट्वान्टी क्रिकेट खेल्न सर्वाधि राष्ट्र पुग्ने खेलाडी बनेका हुन् । सन्दीपले आठ राष्ट्रमा क्रिकेट खेलेका छन् । अक्टोबर २०१८ देखि सेप्टेम्बर २०१९ सम्मको अवधिका सन्दीपले आठ राष्ट्रको भ्रमण गरेको सर्वेक्षणले देखाएको छ । सन्दीपसँगै अफगानिस्तानका नाजिबुल्लाह जाड्रनले पनि आठ राष्ट्रको भ्रमण गरेका छन् । 

सन्दीपले भारतको आइपिएल, बंगलादेशको बिपीएल, अष्ट्रेलियाको बिग बास, वेष्ट इण्डिजको सिपिएल, पाकिस्तानको पिएसएल, अफगानिस्तानको एपिएल, क्यानाडाको ग्लोबल टी–ट्वान्टी र युएईको टी–१० लिग खेल्ने क्रममा उक्त राष्ट्रको भ्रमण गरेका हुन् ।

अफगानिस्तानका राशिद खान, रहमत शाह, श्रीलंकाका थिसरा परेरा, इसुरु उडाना र न्यूजिल्याण्डका कोलिन मुन्रोले ७ राष्ट्र भ्रमण गरेर दोस्रो स्थानमा छन् । यस्तै सन्दीप सर्वाधिक धेरै टिमबाट खेल्ने क्रिकेटरको दोस्रो स्थानमा छन् । सन्दीपले ७ टिमबाट खेलेका छन् । सन्दीपले नेपालसहित दिल्ली क्यापिटल्स, मेलबर्न स्टार्स, लाहोर क्वालान्डर्स, बर्वाडोस ट्रिडेन्टस, सिलेड सिक्सर्स र नागाहर लियोपार्टसबाट खेलेका छन् । सर्वाधिक धेरै टिमबाट खेल्ने क्रिकेटरको शीर्ष स्थानमा अफगानिस्तानका क्वाइस अहमद रहेका छन् । त्यस्तै सन्दीप टी–ट्वान्टीमा सर्वाधिक धेरै बल बलिङ गर्ने खेलाडीको दोस्रो स्थानमा छन् । सन्दीपले ९ सय ८५ बल फालेका छन् । उनीभन्दा अघि १३ सय ५५ बल बलिङ गरेका अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा छन् । 


Views: 78