19th November | 2019 | Tuesday | 2:42:34 PM

अर्जेन्टिनी टोलीमा फर्किए मेस्सी

एजेन्सी   POSTED ON : कार्तिक १६, २०७६ (१०:३४ AM)

अर्जेन्टिनी टोलीमा फर्किए मेस्सी

लण्डन । तीन महिनाको अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्धपश्चात् कप्तान लियोनेल मेस्सी अर्जेन्टिनी राष्ट्रिय टोलीमा फर्किएका छन् ।मुख्य प्रशिक्षक लियोनल स्कालोनीले ब्राजिल र उरुग्वेविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि मेस्सीलाई टोलीमा समावेश गरेका हुन् । गत जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका कप दौरान दक्षिण अमेरिकी फुटबल महासंघ र रेफ्रीबारे नकारात्मक टिप्पणी दिएपछि मेस्सीलाई तीन महिनाको प्रतिबन्ध सुनाइएको थियो ।

त्यसबेला अर्जेन्टिना उपविजेतामा सीमित रहेपछि आयोजक ब्राजिललाई जिताउन दक्षिण अमेरिकी फुटबल महासंघले भष्ट्राचार गरेको आरोप मेस्सीले लगाएका थिए । उनको प्रतिक्रिया लगत्तै उनलाई महासंघले तीन महिनाको प्रतिबन्ध सुनाएको थियो । दुई मैत्रीपूर्ण खेलका लागि स्कालोनीले बिहीबार २६ सदस्यीय टोली घोषणा गरेका छन् । यसअघिका खेलमा समावेश नगरिएका फरवार्ड सर्जियो अगुएरोलाई पनि प्रशिक्षक स्कालोनीले टोलीमा समावेश छन् । अर्जन्टिनाले १५ नोभेम्बरमा साउदी अरवमा ब्राजिलसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसको तीन दिनपछि इजरायलमा उरुग्वेसँग खेल्ने तालिका छ ।


Views: 76

सम्बन्धित सामग्री:

नेपाल बङ्गलादेशसँग पराजित

: मंसिर २, २०७६ (४:०५ PM)