18th November | 2019 | Monday | 10:19:41 PM

फ्रेन्ड्समा तीन ब्राजेलीयन

हिमालय टाइम्स   POSTED ON : कार्तिक २०, २०७६ (१०:३१ AM)

फ्रेन्ड्समा तीन ब्राजेलीयन

काठमाडौं । ललितपुरको ए डिभिजन फुटबल क्लब फ्रेन्ड्स क्लबले अर्को महिनाबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिग फुटबललाई लक्षित गर्दै तीन ब्राजेलियन खेलाडीलाई अनुबन्ध गरेका छ । ब्राजिलियन तीन खेलाडी साउलो डी अक्विनो, फिलिपे डी सोउजा र वाग्नर डो कार्मो मंगलबार काठमाडौं आइपुगेका छन् । तीनै खेलाडीलाई क्लबले मंगलबार त्रिभुवन विमानस्थलमा स्वागत गरेको थियो । तीन खेलाडीलाई आपसी समझदारीमा ‘ए’ डिभिजन लिग भरका लागि अनुबन्ध गरेको क्लबले जनाएको छ ।

साउलो फरवार्ड, सोउजा डिफेन्डर र वाग्नर मिडफिल्डर हुन् । यी खेलाडीसँग जापनी जे लिग र युरोपीयन लिग खेलेको अनुभव रहेको बताइएको छ । क्लबका सदस्य राजाराम तन्डुकारले तीन महिनादेखिको प्रयासपछि तीनै खेलाडीलाई नेपाल भिœयाएको जानकारी दिए । उनीहरूको आगमनसँगै टोली मजबुद भएको उनले बताए । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग मंसिर २८ गते सुरु गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । 


Views: 98