18th November | 2019 | Monday | 10:58:14 PM

नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने

  POSTED ON : कार्तिक २१, २०७६ (३:५७ PM)

नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालको पहिलो घरेलु खेल दशरथ रंगशालामा नहुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै कुवेतसँग खेल दशरथ रंगशालामा नहुने जनाएको छ ।

नेपाल र कुवेतबीचको खेल मंसिर ३ गते दशरथ रंगशालामा हुने तय थियो । तर, पुनस्निर्माण भईरहेको दशरथ रंगशाला अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसार तय नहुँदा नेपाल र कुवेतको खेल नहुने भएको हो ।

एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता समितिका प्रतिनिधि देङ् सिओ लोङले रंगशालाको निरीक्षणपछि फिफा र एएफसीले दशरथ रंगशालालाई अयोग्य ठहर गर्दै एन्फालाई खेल स्थल परिवर्तन गर्ने निर्देशन दिएको हो ।

अब नेपाल र कुवेतबीचको खेलका लागि न्युट्रल भेन्यु खोजिने एन्फाले जनाएको छ । सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ ।

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।

यस अघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्याे ।

यस्तै तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।


Views: 86