18th November | 2019 | Monday | 9:53:00 PM

दशरथ रंगशालामा खेल नहुने

हिमालय टाइम्स   POSTED ON : कार्तिक २२, २०७६ (९:४६ AM)

दशरथ रंगशालामा खेल नहुने

काठमाडौं । कतारमा हुने फिफा विश्वकप २०२२ र चीनमा २०२३ मा हुने एसियन कप छनोटअन्तर्गत मंसिर ३ गते हुने भनिएको नेपालर र कुवेतवीचको खेल दशरथ रंगशालामा नहुने भएको छ । रंगशाला निर्माण सम्पन्न भई नसकेकाले एएफसीले उक्त खेल तटस्थ भुमीमा आयोजना गर्न निर्देशन दिएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त खेल तटस्थ मैदानका रूपमा भुटानको चाङलिमिथाङ रंगशालाका लागि प्रस्ताव गरेको जनाएको छ । एएफसीका प्रतिनिधिहरूले यसै साता रंगशाला निरिक्षण पश्चात प्रतियोगिता सार्न निर्देशन दिएको एन्फाको विज्ञप्तिमा उल्लेख छ ।

यही कार्तिक १९ गते एएफसीका प्रतियोगिता समितिका प्रतिनिधि देङ सियो लेङलगायत प्रतिनिधिहरूले दशरथ रंगशालाको निरीक्षण गरेका थिए । उक्त निरिक्षणपश्चात रंगशाला निर्माणाधिन रहेको, मैदान, ड्रेसिङ रुम, सरसफाइलगायतमा कुरामा अब्जेक्सन जनाएका थिए ।

सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रूपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा छ । छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।

यसअघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा अञ्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाइनिज ताइपेलाई २–० गोल अन्तरले पराजित ग¥यो । यस्तै तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो । 


Views: 106