20th February | 2020 | Thursday | 12:07:05 PM

माउरिन्हो टोटनहमका मुख्य प्रशिक्षक

एजेन्सी   POSTED ON : मंसिर ५, २०७६ (१०:०० AM)

माउरिन्हो टोटनहमका मुख्य प्रशिक्षक

लण्डन । प्रिमियर लिग टोली टोटेनहमले जोसे माउरिन्होलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पोर्चुगिज प्रशिक्षकले टोटेनहमसँग साढे तीन वर्षको सम्झौता गरेका हुन् । मंगलबार राती टोटेनहमले यसअघिका मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको थियो । माउरिन्होले सम्हाल्न लागेको प्रिमियर लिगको यो तेस्रो क्लब हो । यसअघि उनले दुईपटक चेल्सी तथा म्यानचेष्टर युनाइटेडको मुख्य प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । ‘फुटबलका एक सफलत प्रशिक्षकलाई हामी सम्झौता गर्न सफल भएका छौँ । टोटेनहमका अध्यक्ष डानिल लेभीले माउरिन्होको नियुक्तिपछि भनेका छन्, ‘उनीसँग भरपुर अनुभव छ । उनले टोलीलाई प्रमावित पार्न सक्नछेन् । उनले जति पनि क्लबमा प्रशिक्षण दिएका छन्, सबैलाई सफलता दिलाएका छन् । उनको आगमनले टोलीको ऊर्जा आउने र ड्रेसिङ रूमको वातावरण राम्रो हुनेछ ।’

अघिल्लो सिजन टोटेनहृयामलाई च्याम्पियन्स लिगको फाइनलमा पु¥याएका पोचेटिनोको ५ वर्षे नेतृत्वमा टोलीले २ सय ९३ खेल खेलेको थियो । यो सिजन घरेलु प्रतियोगितामा लगातार खराब प्रदर्शनसँगै क्लबले पोचेटिनोलाई मंगलबार राती बर्खास्त गरेको हो । प्रिमियर लिगको १२औं चरण सकिँदा टोटेनहम १४ अंकसहित १४औं स्थानमा छ । उसले तीन जित, पाँच बराबरी र चार हारको नतिजा निकालेको छ । यस्तै पोचेटिनोको प्रशिक्षणमा टोटेनहमले गत जनवरीदेखि अवे मैदानमा जित निकाल्न सकेको छैन । सन् २०१४ को मेमा साउथ हृयाम्पटनबाट टोटेनहममा आबद्ध भएपछि पोचेटिनोले गत सिजन टोटेनहमलाई च्याम्पियन्स लिगको फाइनलसम्म पु¥याएका थिए । जुन उनको प्रशिक्षणमा सबैभन्दा ठुलो नतिजा हो । लिभरपुलसँग पराजित हुँदै टोटनहृयाम उपविजेतामा सिमित बनेको थियो । 

टोटेनहममा आएको पहिलो सिजन टोटेनहमलाई पाँचौं स्थान दिलाएका ४७ वर्षे पोचेटिनोले दोस्रो सिजन तेस्रो स्थान दिलाए । उनी इंग्ल्याण्डमा पेप गुआर्डिओलालाई इंग्ल्याण्डमा हराउने पहिलो प्रशिक्षक बने । सन् २०१६ को अक्टोबरमा टोटनहृयामले सिटीलाई २–० ले हराएको थियो ।


Views: 84