18th January | 2020 | Saturday | 6:39:06 PM

सागका लागि सिंगारियो रंगशाला

रासस   POSTED ON : मंसिर १४, २०७६ (१२:५६ PM)

सागका लागि सिंगारियो रंगशाला

काठमाडौं । तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको तेह्रौैं दक्षिण एशियाली खेलकुद (साग) तयारीका लागि नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला बेहुलीझैँ सिंगारिएको छ । 

सागको औपचारिक उद्घाटन हुन अब दुई दिनमात्र बाँकी हुँदा भव्य उद्घाटन गर्न रंगशालामा बलेको झिलीमिली बत्तीले माहोललाई उत्साहित बनाएको छ । आइतबार औपचारिक रूपमा सागको उद्घाटन हुनेछ ।

रंगशालामा अहिले विभिन्न किसिमका झिलीमिली बत्ती बलेका छन् भने दक्षिण एशियाली राष्ट्र अंकित झण्डा टाँगिएका छन् । रंगशालामात्र होइन, राजधानी काठमाडौं नै सजिएको छ । खेलकुदका विभिन्न व्यानर, मस्कट लोगो, अफिसियल राष्ट्रको लोगो र नेपालका विभिन्न सांस्कृतिक सम्पदातथा इतिहास झल्किने गरी राजधानीलाई सजाइएको छ । 

सागका लागि काठमाडौंमा विदेशी खेलाडी तथा अफिसियलको आगमन पनि बढ्दो छ । तेस्रोपटक आयोजनाको मौका पाएको सागमा नेपालले कुनै कमी कमजोरी नराखी तयारीमा जुटेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दशरथ रंगशालामा बाँकी रहेका केही काम शुक्रबार रातिसम्म सम्पन्न गरिने बताए । ‘म विश्वास दिलाउन चाहन्छु, शुक्रबार दशरथ रंगशाला तयार हुनेछ’, उभनले भने, ‘अब रंगशाला परिसर रखेलस्थलको केही सरसफाइको काम बाँकी छ, त्यो पनि शुक्रबार रातिसम्म पूरा हुनेछ ।’ सागको टिकट व्यवस्था सागमा हुने खेलका लागि इ–सेवाले अहिले बास्केटबल, फुटबल र भलिबल खेलका टिकट अनलाइनमार्फत बिक्री गरिरहेको छ । सागमा खेल हेर्न चाहने व्यक्तिले सागकोई–सेवा डटकम डट एन पीमा गएर टिकट खरिद गर्न सकिने राखेपले जनाएको छ ।

समूहचरणअन्तर्गतको फुटबल खेल हेर्न दरशरथ रंगशलामा भीआइपी प्यारापिटतर्फ एक हजार र साधारण प्यारापिटतर्फ ५ सय टिकट तोकिएको छ । यता कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा हुने क्रिकेट खेलतर्फ भने नेपालको खेल हुँदा ५ सय र अन्य देशबीचका खेल हँुदा २ सय टिकट मूल्य तोकिएको छ । त्यसैगरी सागमा काठमाडौंमा हुने सवारी जामलाई व्यवस्थित गर्न ठूूला मालबाहक सवारीसाधनलाई रिङरोडभित्र प्रवेश नगर्न अनुरोध गरिने, दशरथ रंगशाला वरिपरिका सवारी मार्गमा वान–वे लागू गर्ने, उद्घाटनका दिन रिङरोडभित्र बिजोर र समापनमा जोड नम्बरका सवारीसाधनमात्र चलाउन पाउने नियम लागू गरिएको राखेपले जनाएको छ । त्यस्तै दर्शकका लागि पार्किङस्थल टँुडिखेलमा तोकिएको छ । पार्किङ गर्न काठमाडौं मलअगाडिको ढोका प्रयोग हुनेछ । रंगशालाभित्र भने भीभीआइपीको सवारी पार्किङ हुनेछ । 

मार्चपासमा नेपालको झण्डा पारसले बोक्ने 

यही मंसिर १५ गते हुने सागको उद्घाटनमा हुने मार्चपासमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई नेपालको झण्डा बोक्न दिने सिफारिशगरिएको छ । सागको प्राविधिक उपसमितिले पारसको नाम समारोह उपसमितिलाई सिफारिश गरेको हो । केही महिनाअघि राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिएका पूर्वकप्तान खड्कालाई मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्न दिने सिफारिश गरिएको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले जानकारी दिए । साग काठमाडौं, पोखरा र जनकपुरमा यही मंसिर १५ देखि २४ गतेसम्म हुनेछ । 

सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंशालामा विशेष समारोहबीच गर्ने कार्यक्रम तय भएको छ । राखेपको अनुसार उद्घाटन सत्र करिब सवा तीन घण्टाको हुनेछ । मार्चपासपछि नेपालको इतिहास, वर्तमान र भविष्यको मार्ग निर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । प्रतियोगितामा भाग लिन भारत, बंगलादेश, भूटान, पाकिस्तान, माल्दिभ्स र श्रीलंका खेलाडी, प्रशिक्षक तथा अफिसियल आउने क्रम सुरु भइसकेको जनाइएको छ । 

साग प्रतियोगितामा प्रहरीबाट ९२ खेलाडीले खेल खेल्नेनेपाल प्रहरीबाट १३औं दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल प्रहरीको तर्फबाट ९२ खेलाडी खेल्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार मंसिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट ४४ महिला र ४८ पुरुष गरी ९२ खेलाडीको सहभागिता रहने भएको हो ।


Views: 61