13th December | 2019 | Friday | 4:02:32 PM

तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण

  POSTED ON : मंसिर १६, २०७६ (३:५८ PM)

तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण

काठमाडौं । काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पारिन् । सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितिन् । यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जित्यो ।


आयशाले जितिन् स्वर्ण 

सागअन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी छन् । आयशाले ७.९४० स्कोर जोड्दै स्वर्ण पदक जितिन् । सोही स्पर्धामा भारतकी खेलाडी दोस्रो भइन् भने श्रीलङ्काका खेलाडीले कास्य पदकमा चित्त बुझाए । यससँगै सागमा नेपालको स्वर्ण पदक नौ पुगेको छ ।


Views: 55