13th December | 2019 | Friday | 3:49:56 PM

सागमा नेपालले जित्यो १० स्वर्ण (विजेताको नामावलीसहित)

  POSTED ON : मंसिर १६, २०७६ (४:३४ PM)

सागमा नेपालले जित्यो १० स्वर्ण (विजेताको नामावलीसहित)

काठमाडौँ । नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) आइतबारदेखि सुरु भएको छ । यसैबीच जारी खेलहरुमा अहिलेसम्म नेपालले १० वटा स्वर्ण जितेको छ । 

सोमबार नेपालले तेक्वान्दो र कराते खेलमा सानदार प्रदर्शन गरको छ ।  

नेपालका लागि करातेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १–० ले हराएका हुन् । यससँगै करातेमा नेपालको चार स्वर्ण पदक हात पारेको छ । सोमबारनै नेपाले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ । एकल काता महिनामा नेपालले रजत पदक जितेको थियो ।


त्यसैगरी भर्खर भएको कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ ।

८४ केजीमाथिको समूहमा विप्लवमान श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका हुन् । उनले पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६–५ को जित निकालेका हुन् । यो कराँतेमा नेपालको पाँचौं स्वर्ण हो


कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ


कराते (टिम काता, महिला)


कराते (टिम काता, पुरुष)


कराते (५५ केजी) – लक्ष्मण तामाङ


तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ


तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु


तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ


तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य


ट्रायथलोन – सोनी गुरुङ

 पुरुष कुमुते  (८४ केजीमाथि)   –   विप्लवमान श्रेष्ठ


Views: 144