13th December | 2019 | Friday | 3:34:50 PM

साग खेलकुद – दोस्रो दिन नेपाललाई १५ स्वर्ण पदक

  POSTED ON : मंसिर १६, २०७६ (६:४९ PM)

साग खेलकुद – दोस्रो दिन नेपाललाई १५ स्वर्ण पदक

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिन २४ स्वर्णको छिनोफानो हुँदा १५ वटा स्वर्ण नेपालले हात पारेको छ ।

नेपालले विभिन्न तीन खेलमा १५ स्वर्णपदक जितेको हो । 

नेपालले कराँते र तेक्वान्दोमा सर्वाधिक ७–७ स्वर्ण पदक जितेको छ । ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ । 

यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ ।

सोमबार कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २–२ स्वर्ण जितेका छन् ।

नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।


Views: 126