19th January | 2020 | Sunday | 7:23:14 AM

१३ औं दक्षिण एसियाली खेलकुद सफल र ऐतिहासिक–प्रधानमन्त्री ओली

(सम्बोधनको भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : मंसिर २४, २०७६ (६:४२ PM)

१३ औं दक्षिण एसियाली खेलकुद सफल र ऐतिहासिक–प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निकै सफल र ऐतिहासिक भएको बताएका छन् । 

१३ औं सागको समापन कार्यक्रममा आज साँझ भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओलीले सफल र ऐतिहासिक खेलकुदको रुपमा रहेको बताए । 

उनले भने, ‘भूकम्पले क्षति भएका संरचनाहरु खडा गरेर खेल आयोजना गर्न सफल भएको छ । पदकहरु पनि यस वर्षको खेलमा पहिलेभन्दा धेरै राखिएका छन् । समग्रतामा भन्दा एउटा सफल र ऐतिहासिक खेलकुदको रुपमा रहेको छ ।’

दक्षिण एसियाली खेलकुदले दक्षिण एसियाली देश र जनताबीच एकता, मित्रता अभिवृद्धि गर्ने भन्दै उनले त्यो अपेक्षा यस सागले सफलतापूर्वक पूरा गरेको पनि प्रधानमन्त्री ओलीले बताए ।

अत्यन्तै भव्य रुपमा सफल भएको यस दक्षिण एसियाली खेलकूदले नेपाल भ्रमणवर्ष २०२० लाई सफल बनाउन योगदान र्पुयाउने उनले बताए । खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्नेगरी योगदान गर्ने उनको अपेक्षा थियो ।

यसैबीच समापन कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेश सिलवालले प्रधानमन्त्रीले बुधबार विजयी खेलाडीहरुलाई प्रधानमन्त्री निवास बोलाएको र विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम रहेको जानकारी दिए ।


Views: 461