19th January | 2020 | Sunday | 7:05:19 AM

लिभरपुलको अपराजित यात्रा

एजेन्सी   POSTED ON : पुष २८, २०७६ (१०:५१ AM)

लिभरपुलको अपराजित यात्रा

लण्डन । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । शनिबार राति भएको खेलमा टोटेनहम हस्टपरलाई उसकै मैदानमा १–० ले पराजित गर्दै लिभरपुलले यस सिजनमा २१ मध्ये २० खेलमा अजित हात पारेको छ । लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग मात्रै बराबरी खेलेको छ ।

जितसँगै लिभरपुलले उपाधि यात्रा थप बलियो बनेको छ । लिभरपुलले दोस्रो स्थानको लेष्टर सिटीलाई १६ तथा तेस्रो स्थानको म्यानचेस्टर सिटीलाई पछि पारेको छ । लिभरपुलको २१ खेलबाट ६१ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको लेष्टरको ४५ तथा सिटीको ४४ अंक छ ।

लिभरपुलको जितमा ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३७औं मिनेटमा गोल गरेका थिए । मोहम्मद सलाहको पासमा फिर्मिनोले गोल गर्न सफल भए ।

चेल्सीको जित

यस्तै अर्को खेलमा चेल्सीले बर्नलीमाथि ३–०को सानदार जित हात पारेको हो । चेल्सीको जितमा जर्गिन्हो, टम्मी अब्राहम र कलुम हड्सन ओडोइले गोल गरे । पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल सम्भव भएको थियो । जितसँगै चेल्सी २२ खेलबाट ३९ अंक जोडेर चौथो स्थानमा यथावत् छ । पराजित बर्नली २४ अंकसहित १५औं स्थानमा छ ।

लेष्टर स्तब्ध

लेष्टर सिटी घरेलु मैदानमै साउथहृयाम्पटनसँग २–१ले स्तब्ध बनेको छ । लेष्टरले घरेलु मैदानमा सुरुवाती अग्रता लिएर पनि पराजित हुन पुगेको हो । १४औं मिनेटमा डेनिस प्राइटले गोल गर्दै लेष्टरलाई अघि बढाएका थिए । १९औं मिनेटमा स्टुआर्ट आम्र्सट्रङले बराबरी गोल फर्काए । ८१औं मिनेटमा ड्यानी इंग्सले गोल गर्दै साउथहृयाम्पटनलाई खेलमा २–१ ले अघि बढाए । ९०औं मिनेटमा जोनी इभान्सले गोल गरेपनि भिएआरको मान्यता नपाउदा पराजित हुन पुग्यो ।

प्रिमियर लिगमा लेष्टरको यो पाँचांै हार हो । हारपछि पनि लेष्टर २२ खेलबाट ४५ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ४४ अंक छ । लेष्टरलाई हराएको साउथहृयाम्पटन २८ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ

युनाइटेडको सहज जित

म्यानचेस्टर युनाइटेडले शनिबार भएको खेलमा नर्विच सिटीमाथि ४–०को सहज जित हात पारेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा युनाइटेडको सहज जितमा मार्कुस रासफोर्डले दुई तथा एन्थोनी मार्सियल र मासान ग्रीनवुडले समान १–१ गोल थपे । जितसँगै म्यानचेस्टर २२ खेलबाट ३४ अंक जोडेर पाँचांै स्थानमा उक्लिएको छ । पराजित नर्विच १४ अंकसहित पुछारमा छ ।


Views: 87