29th February | 2020 | Saturday | 7:05:28 AM

न्यूजिल्याण्डद्वारा भारतविरुद्धको शृंखला ‘क्लिन स्वीप’

एजेन्सी   POSTED ON : माघ २९, २०७६ (११:०३ AM)

न्यूजिल्याण्डद्वारा भारतविरुद्धको शृंखला ‘क्लिन स्वीप’

न्यूजिल्याण्ड । भारतविरुद्धको तीनवटा एक दिवसीय क्रिकेट म्याचको शृंखलामा न्यूजिल्याण्डले शतप्रतिशत जित निकाल्दै ‘क्लिन स्वीप’ गरेको छ ।

टि–ट्वेन्टी म्याचको शृंखला गुमाएको न्यूजिल्याण्डले उत्कृष्ट पुनरागमन गर्दै एक दिवसीय म्याचमा भारतलाई जितविहीन तुल्याएको हो । मंगलबार तेस्रो तथा अन्तिम एक दिवसीय म्याचमा न्यूजिल्याण्डले भारतलाई १७ बल बाँकी छँदै पाँच विकेटले पराजित गरेको हो ।

टस जितेको न्यूजिल्याण्डले भारतलाई ब्याटिङको निम्तो दिएपछि भारतले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २९६ रन बनाएको थियो । २९७ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले पाँच विकेटको क्षतिमा १७ बल बाँकी छँदै जित हासिल गरेको हो ।

न्यूजिल्याण्डका लागि मार्टिन गप्टिल र एचएम निकोलसको सुरुवाती जोडीले पहिलो विकेटका लागि १०६ रनको साझेदारी गरेको थियो । गप्टिलले ६६ र निकोलसले ८० रन बनाए । भारतका लागि युजवेन्द्र चहलले तीन र शार्दुल ठाकुर र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।

यसअघि ब्याटिङमा भारतीय ब्याट्सम्यान केएल राहुलले शतकीय पारी खेलेका थिए । यस्तै शेयस ऐयरले ६२, मनिष पाण्डेले ४२ र पृथ्वी शाले ४० रन बनाए । न्यूजिल्णडका लागि हमिस बेन्नेटले चार विकेट लिए । 


Views: 50

सम्बन्धित सामग्री:

मनाङ उपाधि नजिक

हिमालय टाइम्स : फाल्गुन १५, २०७६ (१०:३३ AM)