3rd July | 2020 | Friday | 4:44:41 AM

फ्रेण्डस्विरुद्ध पुलिस हाबी

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २, २०७६ (११:४६ AM)

फ्रेण्डस्विरुद्ध पुलिस हाबी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिन लिग फुटबलअन्तर्गत बिहीबार फ्रेण्डस् क्लबमाथि पुलिस क्लबले सहज जित हासिल गरेको छ । पुलिसका भेट्रान्स स्ट्राइकर जुमानु राईले हृयाट्रिक गरेको खेलमा फ्रेण्डस्ले प्रत्याक्रमणको कुनै मौका नै पाएन ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा लिगको आफ्नो अन्तिम खेलमा पुलिसले फ्रेण्डस्लाई ३–० गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा पुलिसले आक्रामक खेल प्रदर्शन गरेको हो ।

दोस्रो हाफमै हेमन्त श्रेष्ठको स्थानमा मैदानमा प्रवेश पाएका जुमानुले खेलमा आफ्नो प्रभाव देखाउँदै पहिलो गोल गरे । उनले ४८औं, ५६औं र ८५औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरे भने पुलिसको जित पनि सहज बनाए । म्यान अफ दि म्याच घोषित जुमानुले १० हजार रुपैयाँ पुरस्कार पाए ।

अर्को विभागीय टोली एपीएफ क्लबले भने ब्रिगेड ब्वाइजसँग अंक बाँडेको छ । दुवैले बिहीबार बराबरी खेल्दै अंक बाँडेका हुन् । एपीएफ र ब्रिगेडले १–१ गोलको बराबरी खेले ।

एपीएफका लागि आशिष लामाले सुरुवाती गोल गरेका थिए । खेलको अन्तिममा सम्हालिन नसक्दा एपीएफले अंक बाँडेको हो । दोस्रो हाफको इञ्जुरी समयमा ब्रिगेडका विजय गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यस्तै, संकटाले लिगको रेलिगेसनमा रहेको सरस्वतीविरुद्ध गोल वर्षा गरेको छ । बिहीबार भएको खेलमा संकटाले सरस्वतीविरुद्ध ६–२ गोल अन्तरको फराकिलो जित निकालेको हो ।

संकटालाई जिताउन मेसौको ओलौमोउले दुई गोल गरे भने सुवास गुरुङ, टीकाराज गुरुङ र रोशन पहाडीले गोल गरे । एउटा गोल भने सरस्वतीका पूर्णबहादुर श्रेष्ठबाट आत्मघाती गोलका रूपमा संकटाले उपहार पाएको थियो ।


Views: 67

सम्बन्धित सामग्री:

७०० गोलको कोशेढुंगा

एजेन्सी : असार १८, २०७७ (९:३५ AM)

एक वर्ष सर्यो साफ

हिमालय टाइम्स : असार १७, २०७७ (११:२८ AM)